आज :

कोरोनाको नयाँ भाइरसबाट दक्षिण अफ्रिकामा १० लाख बढी संक्रमित, संकटकाल घोषणा

काठमाडौं । कोरोनाको नयाँ भइरस तीब्र रुपमा फैलिन थालेपछि दक्षिण अफ्रिकामा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार १० लाख भन्दा बढी जनामा नयाँ कोरोनाबाट संक्रमित भइरसकेका छन् ।

नयाँ कोरानाको संक्रमितको संख्या बढ्दै गएसँगै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मुलुकभर लकडाउनको घोषणा गरेका छन् भने स्वास्थ्यमन्त्री ज्वेली म्खिजेले स्वास्थ आपतकालको घोषणा गरेर कोरोना नियन्त्रणका कदम चालिने बताए ।

गत मार्चदेखि सुरु भएको कोरोनाका कारण दक्षिण अफ्रिकामा २६ हजार ७ सय जनाको मृत्यु भइसकेको छ । गत हप्तामात्र दैनिक करिब १२ हजार जना संक्रमित हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो ।

यो तथ्यांक दैनिक ३० प्रतिशतले वृद्धि हुँदै गएको बीबीसीले उल्लेख गरेको छ । गत बुधबारदेखि शुक्रबारसम्म दैनिक संक्रमितको संख्या १४ हजार भन्दा बढी रहेको बताइएको छ । दक्षिण अफ्रिकामा नयाँ भाइरसको प्रकोप बढ्न थालेपछि विश्वभर पुनः सतर्कता अपनाइएको छ ।

बेलायतले दक्षिण अफ्रिकाबाट फर्किएका एक जनामा कोरोनाको नयाँ भाइरसले संक्रमण भएको जनाएको छ । यस्तै फ्रान्समा पनि सोही प्रकृतिको भाइरसबाट संक्रमितहरुको पहिचान भएको समाचारमा जनाइएको छ । जापानले विदेशीहरुलाई आफ्नो देशमा प्रवेशमै रोक लगाएको छ ।

कोरोनाको परिस्कृत भाइरसको संक्रमण बेलायत फ्रान्स लगायतका देशमा पुन फैलिइरहेका बेला दक्षिण अफ्रिकामा पनि सोही प्रकृतिको भाइरस फेला परेको अधिकारीहरुले जनाएका छन् ।

दक्षिण अफ्रिकापछि कोरोनाको नयाँ संक्रमणबाट मोरोक्को सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal