News Portal

  • नेकपाका नेता आजाद गिरफ्तार 

    २५५ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता टेकबहादुर केसी ‘आजाद’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

    विहीबार राति प्रहरीले भक्तपुरबाट केसीलाई गिरफ्तार गरेको छ । भक्तपुर प्रहरीका अनुसार आजादलाई निकोसेराबाट गिरफ्तार गरिएको हो ।

    विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य समेत रहेका नता आजादलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरमा राखिएको छ ।

    आजादको गिरफ्तारीबारे नेकपाले आधिकारिक रुपमा केही बताएको छैन । प्रहरीले थप अनुसन्धन गरिरहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्