आज :

महराजीले अपराध गरेको होइनः प्रचण्ड

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले अपराध नगरेको बताएका छन् । प्रचण्डले दाङमा पत्रकारसँग कुरा गर्दै महराले नैतिक त्रृटी भएको तर अपराध नभएको हुन् ।

अध्यक्ष प्रचण्डले महराले आफूलाई सही सूचना नदिएर झनै गल्ती गरेको भन्दै अगाडि भने, “महराजीले अपराध त गर्नुभएको होइन, तर नैतिक त्रुटी गर्नुभएकै हो । घटना सुन्नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठायौं । तर उहाँले सही कुरा बताउनु भएन । म आफैं जाँदा पनि उहाँले सही कुरा बताउनुभएन ।” प्रचण्डले आफुसँग सही कुरा नगर्नु ठूलो भुल भएको समेत बताए ।

अदालतले फैसला प्रक्रिया थालिसकेकोले राजनीतिकरण गर्नु उचित नभएकको बताउँदै अदालतलाई सघाउन महरालाई प्रचण्डले आग्रह समेत गरे ।

एक अर्को प्रसंगमा बोल्दै प्रचण्डले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नोतिर पारेको विषयमा सरकारले कूटनीतिक पहल शुरु गरिसकेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal