आज :

अनसन बस्ने प्रचण्डको घोषणा 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अनसन बस्ने घोषणा गरेका छन् । उनले मधेसमा सडक तथा पूर्वाधार निर्माणका सवालमा भइरहेको ढिलाईविरुद्ध आफैं अनसनमा बस्ने चेतावनीमूलक घोषणा गरेका हुन् ।

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष चयनका लागि हुने निर्वाचन केन्द्रित भएर नेकपाले बुधबार पिपरामा छठ पर्वको अवसरमा एउटा कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा बोल्दै प्रचण्डले जनकपुर–पिपरा–जलेश्वर–भित्तामोड जोड्ने सडक निर्माणको कार्यलाई तिव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री र प्रधानमन्त्रीसँग समेत कुराकानी गर्ने पनि बताए ।

प्रचण्डले उक्त सडकको लागि आफू प्रधानमन्त्री भएको बेला ठाडो आदेशमार्फत १ अर्ब रुपैयाँ विनियोजन गर्न लगाएको समेत बताए । उक्त सडक निर्माणमा विलम्ब हुने, ठेक्का प्रक्रिया छिटो नटुंगिए आफू नै अनसनमा बस्ने पनि प्रचण्डले चेतावनी दिए ।

आगामी मंसिर १४ मा पिपरा गाउँपालिकाको अध्यक्ष चयनका लागि हुने उपनिर्वाचनमा आफ्नो पार्टी नेकपालाई मतदान गर्न अनुरोध गरेका प्रचण्डले आफ्नो मधेससँगको प्रेम नटुटेको बताए ।

अध्यक्ष प्रचण्डले बुधबार महोत्तरीको पिपरामा आयोजित एक कार्यक्रममा बोल्दै सडक लगायतका पूर्वाधार निर्माणका विषयमा सरकार गम्भीर रहेको पनि बताए । पूर्वप्रधानमन्त्री र सत्तारुढ पार्टीकै अध्यक्षले ढिला सुस्तीविरुद्ध अनसन बस्ने घोषणाले सरकारको कामकारवाही कस्तो छ भन्ने देखाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal