आज :

विद्याकुञ्‍जको बार्दली भत्किएको घटनाबारे अखिल क्रान्तिकारीको विज्ञप्ति, विद्यालय प्रशासनलाई कारवाहीको माग

काठमाडौँ । अखिल क्रान्तिकारीले बुधबार विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बार्दली भत्किएर भएको घटनाबारेप्रति दुःख व्यक्त गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकले काठमाडौको तारकेश्वर नगरपालिका–३ जितपुरस्थित उक्त विद्यालयमा ४२ जना विद्यार्थी घाइते हुनेगरी भएको घटनामा विद्यालय प्रशासन दोषी रहेको बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गरेर बिकले विद्यार्थीसँग चर्को शूल्क असुल्ने तर कमजोर तथा काम चलाउ भौतिक संचरना निर्माण गर्ने विद्यालय प्रशासन घटनाको मुख्य दोषी रहेको भन्दै कारवाहीको माग समेत गरेका छन् । उनले त्यस्तै विद्यालयको भौतिक संचरना मापदण्डअनुसार भएनभएको अनुगमन गर्ने जिम्मा पाएको सरकारी निकायको लापरवाही पनि दोषी रहेको बताएका छन् ।

“विद्यार्थीहरुबाट मनलाग्दी शिर्षकमा चर्को शुल्क असली गर्ने तर भौतिक पूर्वाधारलगायतका क्षेत्रमा पर्याप्त लगानी नगरी कमजोर तथा काम चलाउ भौतिक संरचनामा पठनपाठन गराउने ठग विद्यालय प्रशासन घटनाको मुख्य दाषी हो” बिकले विज्ञप्तिमा भनेका छन् । उनले विद्यालयका भौतिक संचरनाको मापदण्ड हु्ँदाहुँदै पनि सरकारको नियमनकारी निकायकाको चरम लापरवाही पनि दोषी रहेको भन्दै छानविनको माग समेत गरेका छन् ।

विज्ञप्तिमा बिकले विद्यालय प्रशासनले विद्यार्थीमाथि जघन्य अपराध गरेको भन्दै निष्पक्ष छानविन गरी कारवाहीको माग समेत गरेका छन् । “यो घटना विद्यार्थीहरुमाथि विद्यालय प्रशासनले गरेको जघन्य अपराधको परिणाम हो । तसर्थ उक्त विद्यालय प्रशासनलाई कडा कारवाही गरियोस्” विज्ञप्तिमा भनिएको छ ।

घटनमा परी घाइते सम्पूर्ण विद्यार्थीको निःशूल्क तथा गुणस्तरिय उपचारसहित उचित क्षतिपुर्तिको माग अखिल क्रान्तिकारीले गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal