आज :

पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा, ज्योति विकास बैंक र उमामायको मिलेमातोमा आफू ठगिएको सरिता कार्कीको आरोप

  • अनलाइन डबली

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका निवासी सरिता कार्कीले आफू ७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगी तथा अन्यायको शिकार भएको दाबी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छन् ।

कार्कीले शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी पाँच वर्षअघि काठमाडौंको तार्केश्वर नगरपालिका–स्थित काभ्रेस्थली, जितपुर फेदीमा रहेको ४ आना जग्गा खरिदका लागि उमामाया तामाङको नाममा सञ्चालित रियल स्टेट कम्पनीमार्फत ५४ लाख रुपैयाँ बैना बुझाएकी थिइन् । तर जग्गा नामसारी नभई उमामाया तामाङ फरार भएको उनले बताईन ।


उनका अनुसार, उक्त विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले २०८० वैशाख २८ गते उमामाया तामाङ र उनकी आमा च्याउँकीमाया तामाङको नाममा रहेको घरजग्गा रोक्का गर्ने आदेश दिएको उनले जानइन् । उनले उमामाया तामाङविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको पीडित कार्कीले बताइन् ।

कार्कीले अदालतको आदेश हुँदाहुँदै पनि पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, च्याउँकीमाया तामाङ तथा ज्योति विकास बैंकको मिलेमतोमा लिलाम प्रक्रिया अघि बढाइएको आरोप लगाएकी छन् । उनका अनुसार, लिलाम प्रक्रियाबारे थाहा पाएपछि आफूहरू ज्योति विकास बैंकको नेपालटार शाखामा पुगेर सो बारे ध्यानाकर्षण गराएको उनको कथन छ । “सम्पत्ति लिलाम हुने भए हामी दोस्रो रोक्कावाल पक्ष भएकाले बैंकसँग घरजग्गा सकार्ने पाउनु पर्छ भन्ने इच्छा व्यक्त गरेका थियौं” कार्कीले भनिन् ।  तर शाखा व्यवस्थापकले ‘जग्गा धनीले पैसा तिर्छु, लिलाम नगरिदिनु भएको छ, त्यसैले तत्काल लिलाम नहुने भयो, लिलाम गर्ने अवस्थामा तपाईहरुलाई जानकारी गराउँछौं’ भनेर झुक्यायो” कार्कीले भनिन् ।


झुट्टा आश्वासनमा दिएर बैंकले ३ महिनापछि कुनै सूचना नदिई लिलाम प्रक्रिया सम्पन्न गरी बहादुर सिंह लामाको नाममा सम्पत्ति सकार गराइएको उनको दाबी छ ।

कार्कीले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्नमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेकी छन् ।

सो विषयमा दुर्गा प्रसाईको वार्ता समिति सदस्य कुमार बस्नेतले कानुनी प्रक्रिया पुर्याएर पीडित अगाडि बढ्दा पनि कसैले पनि न्याय नदिनु कानुनी राजको खिल्लि उडेको बताए ।
जेनजी लक्ष्मि दवीले जनताले ठूलो आश गरेको वर्तमान सरकारलेसमेत पीडितको पक्षमा काम नगरेको आरोप लगाईन् ।

हालै मात्र पीडितले दुर्गा प्रसाईको पत्रकार सम्मेलनमा पीडा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal