आज :

सरकारको सय दिनः स्वाधीनतामा असंवेदशील, जनताप्रति अनुदार– प्रलोपा

  • अनलाइन डबली

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दै राष्ट्रिय स्वाधीनतामा असंवेदशील र जनताप्रति अनुदार रहेको ठहर गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी बालेन सरकारको कदमले निम्न वर्ग पूरै निराश बनेको समेत दाबी गरेको छ ।

पार्टी अध्यक्ष सन्तोस परियारले सरकार राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक सुधार तथा जनजीविकाका सवालमा असफल रहेको दबी गरे । सरकारको नीति, प्राथमिकता र कार्यशैलीले मुलुकलाई अपेक्षित उपलब्धि दिन नसकेको बताउँदै परियारले भने,“यो सरकार ‘नहुने विरुवाको खस्रो पात’ १०० दिनले प्रष्ट देखाएको छ ।”

परियारले आर्थिक संकट समाधान, रोजगारी सिर्जना, उत्पादन वृद्धि, महँगी नियन्त्रण, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्न सकेको छैन । भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारका क्षेत्रमा पनि सरकार कमजोर देखिएको उनले बताए । “सुकुम्बासीलाई विना विकल्प उठिबास लगाइयो, सवारी सूरक्षाका नाममा जनता मारा जरिवान अवलम्बन लगायतका विषयले यो तानाशाहीता तिर उन्मुखतिर छ भन्ने प्रष्ट भएको छ” परियारले थपे ।

पार्टीका परचार विभाग प्रमुख रजमान तामाङले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिले बालेन सरकार पूर्णरुपले राष्ट्रघाति रहेको आरोप लगाए ।

पार्टीका युवा नेता जटिल कार्कीले सात दशकभन्दा लामो राजनीतिक संघर्ष, जनआन्दोलन र संविधानले स्थापित गरेका लोकतान्त्रिक मूल्य, समावेशिता, सामाजिक न्याय तथा संवैधानिक व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal