आज :

दलितमाथिको ज्यादति अन्त्य गर्न परियार समाजले भूमिका खेल्नुपर्छः वक्ताहरु

  • अनलाइन डबली

काठमाडौं । परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा ‘परियार सेवा समाज’को ३१ औं स्थापना दिवसको अवसरमा समाजले गरेको कार्यक्रममा वक्ताहरुले विसे नगर्चि सबैको प्रेरक भएको बताए ।

पूर्व राजदूत पदम सुन्दासले देशमा पछिल्लो समय बढ्दै गएको जातिय विभेद तथा दलितमाथिको अत्याचार विरुद्ध देशभरीका दलितहरु एकजुट हुन आह्वान गरेका छन् ।
परियार सेवा समाजका अध्यक्ष बल बहादुर सुन्दासले देशभरी ठूलो उपस्थिति रहेको दलित समुदाय एक नहुँदा उनिहरुमाथि दमन बढेको बताए । उनले परियार समाज मात्रै नभएर ६० लाख दलित एक भएर प्रतिवादमा उत्रनुपर्नेमा जोड दिए ।

संविधान सभा सदस्य सुजाता परियारले लामो संघर्षपछि संविधानमार्फत दलितका हकअधिकार लिपिबद्ध गरिए पनि अझै लागु हुननसकेको भन्दै दुःख व्यक्त गरिन् ।

डा.मित्र परियारले देशमा एकपछि अर्को गर्दै दलित समुदायमाथि दमन बढ्न थालेकोले त्यस विषयमा गम्भीर समिक्षा गरेर सशक्त आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए । उनले केही महिनाभित्रमा देशभर दलित युवा युवतिहरु कथित उपल्लो जातिय सोचको सिकार भएको तर दलितहरु मौन भएकोप्रति आक्रोश व्यक्त गरे । “हालै जनकपरियार बोलेकै भरमा हप्ता दिन हिरासत बस्नुभयो, सिन्धुलिका श्रीकृष्ण विकको न्याय घाममा सुख्यो, दिपा नेपाली विभेदविरुद्ध सडकमा छन्, अनि खगेन्द्र सुनारहरु मौन बस्नु भाछ, हामी विभक्त छौं” परियारले भने ।

पूर्व सांसद लक्ष्मि परियारले समाजलाई थप सशक्त भएर दलितका मुद्धाहरुलाई बुलन्द बनाउन होस्टेमा हैंसे गर्न तयार रहेकोब ताईन् ।

विसे नगर्चि एकताको प्रतिक नेपालका अध्यक्ष राम कुमार रणपालले विसे नगर्चि सम्पूर्ण दलितहरुको प्रेरक भएकोले उहाँको सालिकहरु बनाउने क्रम जारिरहेको बताए ।

जेनजी यूनाइटेडका संयोजक जनक परियारले दलित समुदायका युवायुवतिहरुमाथि दमन बढेकाले अफूहरु थप सशक्त भएर अगडि बढ्नुपर्नेमा जोड दिए ।

अधिवक्ता सितारमा घलेले संविधानले दलित तथा उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गरे पनि समाजको चेतना स्तरमा परिवर्तन नहुँदा उनिहरु अझै पीडामा ज्युन बाध्य भएको बकताए ।

वरिष्ठ उपाध्यक्ष कृष्ण रणपालले ३१ वर्षसम्म निरन्तर समाज अगाडि बढाईरहेको र त्यसलाई थप सशक्त बनाउन सबैलाई साथ दिन अपिल गरे । उपाध्यक्ष रणपालले नेपाल एकीकरणमा पृथ्वीनारायाण शाहलाई राणनीतिक तथा अर्थिक सल्लाहकारको भूमिका खेलेका विसे नगर्चिको बारेमा जानकारी दिए ।

“नगर्चिको महिमा र गरिमालाई जिवित राख्न समाजले सातै प्रदेशमा विसे नगर्चिको सालिक स्थापना गर्ने योजना अनुरुप ३ वटा प्रदेशमा सालिक निर्माण भइसकेको छ र बाँकी बन्ने क्रममा छन्” राणपालले भने ।
महासचिव अन्जान गौतमले परियार सेवा समाज विभक्त भएर भन्दा एकजुट भएर सामाजिक उत्पीडन विरुद्ध लड्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा गोरखा नगरपालिका पोखरीथोकमा सालिक निर्माणको मुख्य भूमिका खेल्ने समाजका अध्यक्ष अप्र मेजर बल बहादुर सुन्दास, काठमाडौं चन्द्रागिरी नगरपालिका बाडभंज्याङमा ‘विसे नगर्चि स्मृति वाटिका’ निमार्ण समितका अध्यक्ष दिनेश कुमार परियार र बुटवल उप–महानगर पालिका मणि मुकुन्द सेन उद्यान पार्क फूलबारीमा ‘विसे नगर्चि एकताको प्रतिक नेपाल’का अध्यक्ष रामकुमार रणपाललाई समाजले सम्मान गरेको छ ।
परियार सेवा समाजको ३१औं स्थापना दिवस

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal