आज :

देशमा राजसंस्थको विकल्प छैनः राष्ट्रवादीहरुको साझा संगठन

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रवादीहरुको साझा संगठनले देशको राष्ट्रिय स्वाधिनताको रक्षाको लागि राजसंस्थाको पुनस्थापनाको माग गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी तत्कालिन राजा ज्ञानेन्द्रसंग गरीएको ५ बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्नेसमेत माग गरेका छन् ।

वरिष्ठ पत्रकार प्रेम कैदीले अहिलेको व्यवस्था पूर्णरुपले जनविरोधी भएकोले यसको विकल्पमा पुन राजसंस्थाको विकल्प नरहेको बताए । “गणतान्त्रीक व्यवस्थाका हरेक शासकहरु विदेशीको इसारामा चल्ने गरेकोले राष्ट्रियता जोगाउन राजसंस्थाको अपरिहार्यता भयो” कैदीले भने ।

रामराजय परिषदका धर्माध्यक्ष जगत बहादुर थापाले २०१९ सालदेखि भारतले कालापानी क्षेत्रलाई कब्जा गरेकोले तत्काल भारतिय सेनाले सो क्षेत्र छाड्नुपर्ने माग गरे । “२०४७ सालदेखि आजसम्मका कुनै पनि नेता तथा शासकहरुले नेपाली भूमीबाट भारतिय सेना फिर्ता गर अनि मात्रै वार्ता गर्छौं भन्नै सकेनन, अब आम नेपालीले त्यसविरुद्ध संघर्ष गर्नै पर्ने भयो । नेपालको राष्ट्रिय स्वाधिनतका लागि पनि राजसंस्था आवश्यक रहेको थापाको जिकिर छ ।

राष्ट्रवादीहरुको साझा संगठनको प्रमुख अभियान्ता माया पाण्डेले २०६३ वैशाख ११ गते तत्कालिन दलहरुले राजासँग गरेको ५ बुँदे सहमति कार्यान्वयन नगरेकोले ४ वर्षदेखि माइतिघर मण्डलामा धर्ना बसेको जनाईन् ।
अभियानकी माता अम्बिका नेपालले देशको स्वाधीनता जोगाउन राजाको आवश्यकता रहेको जिकिर गरिन् ।

अभियान्ता विष्णुसिं डंगोलले नेपालको धर्म र संस्कृतिको रक्षा नभए विश्वमा नै उथलपुथल आउने दाबी गरे ।

अभियनको व्यवस्थापक शंकर मघैयाले देशमा प्रजातान्त्रीक संवैधानिक अधिकारको रक्षाको लागि सबैले राजसंस्थाको स्थापन हुनुपर्ने धारणा राखे ।
सो कार्यक्रमको सभाअध्यक्ष बलरमा गौतमले गरेका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal