आज :

रामारोशन क्षेत्र विचार र आस्थाको धरोहर हो, जातीय राजनीतिबाट प्रभावित हुँदैनः साउद

  • अनलाइन डबली

अछाम । नेपाली कम्युनिस्ट पार्टीको रामारोशन गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक पहल साउदले यो क्षेत्र विचार र आस्थाको धरोहर भएको बताएका छन् । उनले रामारोशन क्षेत्रका मतदाता जातीय र साम्प्रदायिक राजनीतिबाट प्रभावित नहुने बताएका छन् ।

रामारोशन क्षेत्रमा चुनावी घरदैलो अभियानमा रहेका साउदले रामारोशन क्षेत्र जनताको आधार क्षेत्र भएकोले आफ्नो विचार र राजनीतिप्रति पूर्णप्रतिवद्ध रहेको बताए ।

‘रामारोशन क्षेत्र जनयुद्धको आधारभूमि हो, यहाँबाट सयौंले यो परिवर्तनको लागि रगत बगाएका छन्, जनयुद्धको मुल नेतृत्वले नेतृत्व गरेको पार्टीप्रति यहाँका जनता प्रतिवद्ध छन् । आफ्नो मत जाहेर गर्नेछन्’ साउदले भने ।

केही पार्टी र उम्मेदवारले जातीय कुरा उठाएर प्रभावित पार्न खोजेको बताउँदै साउदले अहिलेको चेतनशील मतदाता त्यो कुराबाट प्रभावित नहुने बताए । ‘रामारोशान क्षेत्रका जनताले चेतनाको हिसाबले निकै माथि छन्, जातीय र सम्प्रादायीक कुरा गरेर मतदातालाई प्रभावित पार्न प्रयास पनि भइरहेका छन् तर यो प्रयास हरुवा गोरुको छेरुवा दाउ भनेजस्तै हुनेछ’ साउदले भने ।

नेकपा एमालेका नेताहरु र उम्मेदवारले साउदहरु एक हुनुपर्ने नारा लगाइरहेको भन्दै राजनीतिक एजेण्डाबाट जित नदेखेपछि जातीय कुरा नारा लगाएको उनले बताए । एमालेबाट पूर्व माओवादी नेता दीपक साउद चुनावी मैदानमा छन् ।

एमाले नेता र उम्मेदवार दिपक साउदले सबै साउदहरुले आफूलाई मत दिने बताइरहेको विषयलाई खण्डन गर्दै पहल साउदले अगाडि भने, ‘केही उम्मेदवारले जातीय नारा लगाएको पनि सुनेका छौं, त्यो राजनीतिकरुपमा पराजित मानसिकताको उपज हो, अछामी जनता आफ्नो विचार र आस्थाप्रति पूर्णरुपमा प्रतिवद्ध छन्, जातीय र साम्प्रदायीक कुरालाई स्वीकार गर्दैनन् ।’ आफ्नो पार्टीका उम्मेदवार डा. भीम रावलले चुनाव जित्ने दाबी समेत उनले गरे ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचार र कू सुशासनविरुद्धको यात्रा रोकिएकैले जेनजी पुस्ताले विद्रोह गर्नु परेको साउदले बताए । उनले रोकिएको भ्रष्टाचार र कुशासनविरुद्ध अभियान फेरि सुरु गर्न नेकपाको नेतृत्वमा सरकार बन्नुपर्ने अछामी जनताले बुझेको साउदले दाबी गरे । उनले नेकपाका उम्मेदवारलाई अछामी जनताले  तारा चुनाव चिन्हमा मतादन गरेर विजयी गराउने बताए ।

जनयुद्ध र जनआन्दोलनको जगमा भएको परिवर्तनलाई संस्थागत भएको बताउँदै अब जनताको अवस्था परिर्तनसँगै समाजवादमा पुग्ने पार्टीको यात्रामा अछामी जनताले मतदानबाट त्यसलाई अनुमोदन गर्ने नेकपाले विश्वास व्यक्त गरेको छ ।

नेकपाका उम्मेदवार डा. भीम रावल पनि यतिबेला घरदैलोमा व्यस्त छन् । उनले पनि रामारोशन क्षेत्र जातीय नाराबाट प्रभावित नहुने विश्वास व्यक्त गरे । आफूले घरदैलोमा पुग्दा रामारोशन क्षेत्रका जनताको अपार माया पाएको रावलले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal