काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनामा एक्लै भिड्ने भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी तालमेलको लागि गरेको अफरलाई लत्याउँदै नेकपाले सातवटै प्रदेशमा उम्मेदवारको टुंगो लगाएको हो ।
नेकपाले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ ।
नेकपाले कोशीमा खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी मधेशमा रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल रहेका छन् । बागमतीमा
प्रेम प्रसाद सापकोटा र सरोज कुमारी झा, गण्डकीमा कपिल लामालाई उम्मेदवार बनाएको छ ।
लुम्बिनीमा दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन बिक रहेका छन् ।
त्यस्तै कर्णालीमा बुद्धिप्रसाद शर्मा र अन्जु महतरा र सुदूरपश्चिममा टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाउने नेकपाले निर्णय गरेको छ ।


अनलाइन डबली



