काठमाडौं । नेकपा एमालेको महाधिवेशनको आजबाट बन्दसत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो तीन बजेपछि बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरू सहभागी भएको एमालेले जनाएको छ ।
बन्दसत्रले नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गर्नेछ । एमालेले आजै विधान महाधिवेशनले गरेको निर्णयलाई उल्ट्याउँदै विधानलाई पुरानै अवस्थामा फर्काएको छ । अब बन्दसत्रले १ अध्यक्ष, १ महासचिव, ५ उपाध्यक्ष, ३ उपमहासचिव र ९ सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
नयाँ अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । नेताहरुका अनुसार सहमतिमा नेतृत्व चयनको च्याप्टर सकिएको छ । अब निर्वाचनमार्फत अध्यक्षमा ओली वा पोखरेल निर्वाचित हुनेछन् ।
शनिबार भक्तपुरमा एमालेले ११ औं महाधिवेशनको उद्घाटन गरेको थियो ।


अनलाइन डबली



