आज :

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

  • अनलाइन डबली

काठमाडौं । ‘The Thirteen(13) Code Game of Lucifer’ भनेर १० सेकेन्डमै पत्रकार सम्मेलन गरि चर्चा कमाएका सङ्गीत बमले ‘I am The  Agent Entire Universe’ भनेर तेस्रो साङ्केतिक पत्रकार सम्मेलन गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरि ‘I am The  Agent Entire Universe’का साथ ‘Enlightened Devil’लाई जोडेका थिए ।

बमले तेस्रो पत्रकार सम्मेलन गर्दै समय परिवर्तनशील भएकाले पुरानो व्यवस्था तथा न्युन चेतना ध्वस्त हुने र नयाँ व्यवस्था तथा उच्च चेतनाले स्थान लिन कसैले रोक्न नसक्ने जनाए । आफूले भविष्यमा हुने घटनालाई विज्ञान मात्रै नभएर उच्चतम विधिबाट साङ्केतिकरुपमा जानकारी दिन खोजेको बताउँदै भने,“नट वन्ली साइन्स हामी सुपर साईन्स, म्याथम्याटिक्स साङ्केतिक कोडहरु दिईरहेका छौं, अब छिट्टै ति कोडहरुको रहस्योध्घटन हुनेछन् ।” आजको पत्रकार सम्मेलनमा दुई औंला उठाएर ‘I am The  Agent Entire Universe’ को साङ्केत गरेका थिए भने ३ औंला उठाएर एउटा आँखको प्रतिनिधित्वका साथ ‘Enlightened Devil’ लाई जोडेका थिए ।

‘The Thirteen(13) Code Game of Lucifer’ विषयमा विभिन्न साङकेतिक प्रदर्शन तथा पत्रकार सम्मेलन गर्दै आएका उनले आगामी दिनमा वृहत्त पत्रकार सम्मेलनमार्फत त्यसको पूर्ण जानकारी गर्ने पनि जनाएका छन् ।
यस अघि कार्तिक ११ गते बमले रिपोर्टस क्लबमा ‘The Thirteen(13) Code Game of Lucifer’को ब्यानरमा १० सेकेन्डको पहिलो साङ्केतिक पत्रकार सम्मेलन गरेका थिए ।

कार्तिक १९ गते बागबजारमा ‘The Thirteen(13) Code Game of Lucifer’ अन्तरगत ‘The Blue Eagle’का सथा पहिलो सडक प्रदर्शन कार्यक्रम गरेका थिए । त्यसैलाई निरन्तरता दिदै कार्तिक २३ गते दोस्रो कार्यक्रम अस्कल कलेजको भित्तामा Blood for Blood (Zen-Z) अर्थात रगतको बदला रगत (जेनजी) लेखिएको ठाउँमा उनि आफ्नो ब्यानरका साथ ‘The Thirteen(13) Code Game of Lucifer’ अन्तरगत M-13, W-23 साथै 9/11 Frequency का साथ संकेतिक प्रदर्शन गरेका थिए ।

त्यसैगरी कार्तिक २५ गते महाराजगञ्ज स्थिति अमेरिकन राजदूतावास अगडि ‘The Thirteen(13) Code Game of Lucifer’ को ब्यानरमा 11:11 को टाइमलानमा तेस्रो सडक प्रदर्शन गरेका थिए ।
मंसिर १४ गते भृकुटिमण्डव स्थित रिपोर्टस क्लबमा ‘The Thirteen(13) Code Game of Lucifer’ ब्यानरमा दोस्रो पत्रकार सम्मेलन गरेका थिए । सो पत्रकार सम्मेलनमा ‘666 Is the Biological Code for The Carbon Body तथा ‘We are all Lucifer but Unfortunately not all of us become Lucifers’ अर्थात हामी सबै लुसिफर हो, तर अपसोच हामी सबै लुसिफर बन्न सकिरहेका छैनौं भन्ने भाव व्यक्त गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal