आज :

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिः एक्लिँदै एमाले, माओवादीसहित ७ दलीय गठबन्धन आन्दोलनमा

  • अनलाइन डबली

जनकपुर । मधेश प्रदेशमा हालै बनेको ७ राजनितिक दलहरुको गठबन्धनले आज जनकपुरधामसहित प्रदेशभर विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ ।

हिजो अबेर राति प्रेस विज्ञप्ती जारी गर्दै सात दलिय गठबन्धनले आज बिहानैदेखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएको छ ।

सात दलिय गठबन्धनमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी रहेको छ । उनीहरुले आज गर्ने विरोध प्रदर्शनमा सहभागी हुन घटक दलका सम्पूर्ण नेता तथा कार्यकर्ता एवं न्याय प्रेमी जनतालाई आग्रह गरेका छन् ।

हिजो बेलुकी मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामस्थित मधेश भवनभित्र अस्थायी रुपमा बनाइएको मुख्मन्त्री कार्यालयमा पदभार ग्रहण गरेका थिए । सोही समयमा मधेश भवन अगाडि ७ राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका थिए । प्रदर्शन भइरहेकै समयमा सुरक्षाकर्मीले लाठी चार्ज सुरु गरेपछि दजर्न बढी नेता कार्यकर्ताहरु घाईते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एक जना नेताको खुट्टा नै भाँचेको छ । समाचार संकलनका लागि गएका एक जना सञ्चारकर्मीको पनि टाउको फुटेको छ ।

सात दलिय गठबन्धनले तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक तरिकाबाट सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै नियुक्ति खारेजी गर्नु पर्ने माग राखेको छ । उनीहरुले हिजो भएको लाठी चार्जमा संलग्न सुरक्षाकर्मीहरुलाई पनि कारवाही गर्नुपर्ने माग अघि सारेका छन् । उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवसहित मन्त्रीपरिषदका अन्य सदस्यहरुलाई सार्वजनिक रुपमा बहिस्कार र विरोध गर्ने विज्ञप्तीमा उल्लेख रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal