आज :

प्रचण्डकाे सचिवालयले भन्याे- प्रचण्ड र परिवारविरुद्ध आएको सूचना तथ्यहीन र दुराशयपूर्ण सामाग्री

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयाेजक प्रचण्ड र उनका परिवारका सदस्यहरूप्रति लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएका समाचार तथा सामग्रीप्रति माओवादी केन्द्रको सचिवालयले आपत्ति जनाएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले हालै केही सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरूमा प्रचण्ड र उनको परिवारविरुद्ध आएको सूचनालाई ‘तथ्यहीन, चरित्रहत्या गर्ने र पूर्वाग्रही’ भन्दै खण्डन गरेको हो ।

‘संकटको आजको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भत्र्सना गर्दछौं,’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सचिवालयले विशेषगरी दुईवटा ट्रकमा दुई करोड रुपैयाँ प्रचण्ड निवासबाट ‘जेनजी आन्दोलन’ अघि लैजाने, गंगा दाहालको घरमा आठजना सुरक्षाकर्मी खटाइएको, र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको जस्ता दाबीहरूलाई आधारहीन र प्रमाणविहीन आरोप भनेको छ ।

‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई यस्ता निराधार आरोपहरूको प्रमाण पेस गर्न चुनौती दिन्छौं,’ सचिवालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

सचिवालयले अभिव्यक्ति स्वतन्त्रताको नाममा गालीगलौज, चरित्र हत्या र मानहानी गर्न नपाइने संविधान र पत्रकार आचारसंहिताको प्रावधान स्मरण गराउँदै सूचना प्रवाह गर्दा सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण समेट्नुपर्ने न्यूनतम पत्रकारिता मूल्य र मान्यताको पालना गर्न आग्रह गरेको छ ।

त्यस्तै, यस्ता गलत प्रचारप्रसारहरू साइबर कानुनविपरीत हुने भन्दै कानुनी अनुसन्धानका लागि सम्बन्धित निकायहरूमा अनुरोध गरिएको छ ।

‘भविष्यमा यस्ता तथ्यहीन र दुराशयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंमाथि नै रहनेछ,’ विज्ञप्तिमा चेतावनी दिइएको छ ।

सचिवालयले आम जनसमुदायलाई यस्ता भ्रामक प्रचारप्रति भ्रममा नपर्न आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal