आज :

प्रमुख आयुक्त प्रेमकुमार राईको राजिनामा माग्दै युवाहरु अख्तियारमा

  • अनलाइन डबली

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजिनामा माग्दै युवाहरुको एक समूह टंगालस्थित आयोगको कार्यालयमा पुगेको छ ।

राजिनामा माग गरेको पत्र दर्ता गर्न युवाहरुको एक समूह आयोगको गेटमा पुगेको हो ।

जेनजी अगुवाहरुले हिजै राईसहित सबै आयुक्तको राजिनामा मागेका थिए । उनिहरुले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताएका थिए । राई विभिन्न विवादमा मुछिएकोले निष्पक्ष छानबिनमा शंका गर्दै युवाहरुले राजिनामा मागेका हुन् ।

त्यसैगरी सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको पनि जेनजीको नाममा राजिनामा माग गरिएको छ ।

जेन जीको नाममा युवाहरुको एक समूह संविधान र कानुनभन्दा बाहिर गएर मनलाग्दी र आफूखुशी राज्यलाई चलाउन खोजिरहेको आरोप लागिरहेको बेला युवाहरुको एक समूह आयोगको कार्यालय पुगेको छ ।

आयोगका कार्यालय वरपर कडा सुरक्षाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal