आज :

रास्वपाको केन्द्रीय समिति बैठकः पार्टी पुनर्गठनको बहस

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (मंगलबार) बसेको बैठकको लागि सातवटा मुख्य एजेण्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनले बैठकको क्रममा पत्रकारहरूसँग अन्तक्रिर्याको लागि भनेर अपरान्ह १ बजे र बैठक सकिए पश्चात ४ बजेको लागि समय तोकिएको पनि जानकारी दिएका छन् ।

बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशनलगायत विषय छन् ।

जेनजी आन्दोलनको क्रममा सभापति रवि लामिछाने जेलबाट निस्केपछि चौतर्फी विरोध भएको थियो । दबाब बढ्दै गएपछि लामिछाने आफै जेल गएका छन् । अन्य पार्टीमा जस्तै रास्वपामा पनि पार्टी पुनगर्ठनको बहस सुरु भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal