
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका सबै कमिटी भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका छन् ।
आइतबार बसेको पदाधिकारी बैठकमा कमिटी भंग गरेर मंसिरमा महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने प्रस्ताव गरेका हुन् ।
अध्यक्ष प्रचण्डको प्रस्ताव पदाधिकारी हुँदै केन्द्रीय समितिले निर्णय गर्नेछ । प्रचण्डको प्रस्ताव पारित भएमा माओवादी केन्द्रले केन्द्रदेखि सबै तहका कमिटी भंग गरेर नयाँ कमिटी निर्वाचित गर्नेछ ।
एक नेताका अनुसार माओवादी केन्द्रले एक हप्ताभित्रै बोलाउने रहेको छ ।