आज :

सडकमा सेनाः कामविना घरबाहिर ननिस्कन आग्रह, लुटपाटमा संलग्न २५ जना पक्राउ

  • अनलाइन डबली

काठमाडौँ । गएराति १० बजेबाट नेपाली सेना सडकमा निस्किएको छ । जेनजीको नाममा भएको आन्दोलनपछि लुटपाट र आगजनीका घटना बढ्दै गएपछि सेनाले सुरक्षा कमाण्ड हातमा लिएको हो ।

रातिबाटै सडकमा निस्किएको सेनाले विहानबाट गस्ती बढाएको छ ।

सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गरेको छ ।

आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।

जलिरहेका संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतमा अहिले प्रवेशमा सेनाले रोक लगाएको छ ।

यसैबीच काठमाडौँका विभिन्न स्थानमा लुटपाटमा संलग्न रहेका २५ जनालाई सेनाले नियन्त्रणमा लिएको छ । हिजो राति वानेश्वारस्थित राष्ट्रिय बाणिज्य बैंक लुटपाटमा संलग्नलाई तितबरबितर गराउँदै ५ जनालाई नियन्त्रणमा लिएको थियो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal