आज :

जेनजीमाथि सरकारी दमनः नेता गैरेले पार्टीको झण्डा जलाउँदै एमाले परित्याग गरे

  • अनलाइन डबली

काठमाडौँ । जेनजीहरुको प्रदर्शनमाथि सरकारले गरेको दमनको नेकपा एमालेकै नेता कार्यकर्ताहरुले विरोध जनाइरहेका छन् । एमालेका युवा नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरिरहेका छन् ।

यसैक्रममा ओली सरकारले युवा पुस्तामाथि गरेको दमनप्रति आपत्ति जनाउँदै मणि गैरेले एमालेको झण्डा जलाउँदै परित्याग गरेको घोषणा गरेका छन् ।

स्याङजा वालिङ–१३ का युवा नेता गैरेले पार्टीको झण्डा जलाएर परित्याग गरेका हुन् ।

‘पार्टीमा सधै सहकार्य गरेका साथीहरुले के भन्छन् थाहा छैन तर म एमालेलाई आज बिसर्जना गर्दैछु । कलिला भाइबहिनीमाथि गरेको बर्बर दमनले मन छियाछिया भयो । मलाई पार्टीले कारवाही गर्न सक्छ, नेता बुठाबडाहरुले कारवाही गर्लान मलाई कुनै डर छैन’ गैरेले भनेका छन् ।

उनले पार्टीको झण्डा जलाएको भिडियो शेयर गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

त्यसैगरी रूपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव प्रसाद खरेलका छोरा सुरज खरेलले पनि एमाले पार्टी परित्याग गरेका छन् । उनले आज सामाजिक संजालमा लेख्दै एमाले त्यागेको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal