आज :

सरकारको औचित्य सकियो, आन्दोलनको साथमा छु ः डा.शेखर कोइराला

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् ।
समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले आन्दोलनमा आफ्नो साथ रहेको पनि दिएका छन् ।
कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेकोमा उनले दुः व्यक्त गरे ।
‘सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ,’ कोइरालले भनेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मलहम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।’
त्यस्तै उनले आजको नदेखि यो सरकारको औचित्य पुरै समाप्त भएको समेत बताएका छन् । ‘आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ ।’ कोइरालाको भनाइ छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal