
काठमाडौं । आज निजामती सेवा दिवस । निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् ।
नेपालमा पहिलोपटक २२ भदौ २०१२ मा निजामती सेवासम्बन्धी ऐन जारी भएको दिनलाई अवसर पारेर २०६१ सालपछि हरेक वर्ष यो दिनव मनाउन थालिएको हो ।
निजामती कर्मचारीहरूले आज सिंहदरबारस्थिति संसद भवनअघिबाट प्रभातफेरी निकालेका छन् । प्रभातफेरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत भएकाे थियाे ।
आजकै दिन प्रधानमन्त्री अघिल्लो वर्ष उत्कृष्ट काम गरेका कर्मचारीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गर्दै छन् ।
त्यसरी सम्मानित हुनेमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई एक लाख रुपैयाँको दरले सम्मान गर्न लागिएको छ,भने निजामती सेवा पुरस्कारबाट ३० जनालाई ५० हजार राशिको दरमा सम्मानित हुने छन् ।
निजामती दिवसको अवसरमा आज कर्मचारीहरूलाई बिदा दिइएको छ ।