
विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्किन सक्ने बताएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक यात्रालाई लिएर लिएर भइरहेको विक्ष विपक्षमा मत सार्वजनिक भइरहेका छन् ।
यो प्रसंगमा लामो समयदेखि मौन रहेका देउवाले शनिबार भने मुख खुलेका छन् । उनले संविधानले सक्रिय राजनीतिमा आउन संविधानले कुनै प्रतिबन्ध नलगाएको स्पष्ट पारेका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई अस्वाभाविक नठान्न आग्रह गरे । उनले भने, ‘संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन । त्यसैले उनीहरूको सक्रियता वैधानिक अधिकारकै प्रयोग हो ।’
संविधान संशोधनबारे उठेका प्रश्नमा देउवाले भने, ‘दुईतिहाइ बहुमत बिना संशोधन सम्भव छैन । त्यसका लागि दलहरुसँग छलफल भइरहेको छ, तर तत्काल कुनै निष्कर्ष निक्लिएको छैन ।’ उनले सरकार परिवर्तन र फेरबदलको समेत कुनै सम्भावना नरहेको स्पस्ट पारेका छन् ।