आज :

ओलीले भने- ८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउन कसैले राेक्न सक्दैन

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने बताएका छन् ।

शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले ८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दाबी समेत गरे ।

ओलीले भने, ‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ । कम्तिीमा एकल बहुमत ल्याउनुपर्छ । यदी हामी जनताका बीचमा सक्रियतापूर्वक गयौं भने, हाम्रा सदस्य र समर्थक परिचालन गरेर गयौं भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौं ।’ उनले चुनाव पनि निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण हुने बताए ।
ओलीले ८४ मा पनि आफूहरु सरकारमै हुने दाबी गर्दै निर्वाचनमा कसैले धाँधली गर्न नसक्ने बताए । उनले धाँधली रोक्ने बताउँदै चुनाव निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुने बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal