आज :

माओवादी पदाधिकारी बैठक- २१ गतेबाट अभियान सुरु र सरकारविरुद्ध सडक संघर्ष गर्ने

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सकिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले बर्षायामका कारण स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानलाई व्यवस्थित गर्ने निर्णय गरेको जानकारी दिए ।

माओवादीले अभियान यही भदौ २१ गतेबाट पुनः सुरु गर्न लागेको छ ।

त्यस्तै सरकारले जनताका मागहरू सम्बोधन नगरेको, भ्रष्टाचार दिनदिनै बढेको निष्कर्ष निकाल्दै बैठकले वर्षा र चाडबाड सकिएपछि सडक संघर्षको तयारी गर्ने निर्णय समेत गरेको सापकोटाले जानकारी दिए ।

‘‘सरकारले जनताका माग पूरा गरेन, भ्रष्टाचार पनि नियन्त्रण हुन सकेन । अब सडक संघर्षमा जानुपर्ने अवस्था आएको छ । बर्षा र चाडबाड सकिएपछि यी मुद्दा लिएर सडक संघर्षमा जान्छौं’ सापकोटाले भने ।

लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरूपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा अब जनमत सिर्जना गर्दै जाने र भोलि हुने संघर्षमा त्यसलाई जोड्ने सापकाेटाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal