आज :

नेपाल प्रहरीका ३२ औँ महानिरीक्षक खापुङलाई दर्ज्यानी चिह्न प्रदान

  • अनलाइन डबली

काठमाडौं । नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी चन्द्र कुवेर खापुङलाई  दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दज्र्यानी चिह्न लगाइदिएका हुन्।

दर्ज्यानी चिह्न ग्रहणानपछि आईजीपी खापुङले गृहमन्त्रालयले सुिम्पएको जिम्मेवारी निष्ठा,पेसागत अनुशासन र पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने,‘नेपाल सरकार,गृहमन्त्रालयले मलाई सुिम्पएको यो जिम्मेवारी मेरो निष्ठा,पेसागत अनुशासन,पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त चाहन्छु ।’

उनले प्रहरी जस्तो प्रवित्र सेवालाई आफ्नो स्वइच्छाले रोजेर प्रारम्भ गरेको आफ्नो तीन दशक लामो संघर्षको स्मरण समेत गरे । उनले आजै प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी छ ।

सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२ औँ महानिरीक्षकमा नियुक्त गरेको थियो।

हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal