काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीलाई पल्सर बाईकमा सवार दुईजना अपरिचित व्यक्तिले पिछा गरेको थियो । मंगलबार संवाद डबलीमा महासंघले पत्रकार सम्मेलनको आयोजना गरी सो घटनाको वास्तविकता सार्बनिक गर्न गृहमन्त्रालयसहित सरकारसँग माग गरेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष कुशलभ केसीले आफूमाथि भएको घटनाको बारेमा जानकारी गराउँदै आफू राज्यबाटै सुरक्षित नभएको महसुस भएको बताएका छन् । केसीले राज्यबाट होकी अन्य कुनै पक्षबाट आफूलाई लक्षित गरी निरन्तर पक्षायीएको घटनाबाट त्रसित भई के कसो हो भनि बुझ्न जाँदा प्रहरीबाट अस्पष्ट गैर जिम्मेवारपूर्ण व्यबहार भएको बताएका छन ।
आज विहान महाराजगञ्ज प्रहरीलाई सोध्न जाँदा डिएसपीले उनिहरु नेपाल प्रहरीका असै भएको बताएको जानकारी दिए । डिएसीले नेपाल प्रहरीको भएको बताए पनि सो व्यक्तिले राष्ट्रिय अनुसन्धानको भनेकोले कुरा बाजिएकोले आफूलाई सुरुक्षा खतरा भएकोले सराकारले सुरक्षा दिनुपर्ने माघ राखे ।
के थियो घटनाः
२०८१ मंसिर ३ गते अन्दाजी बेलुका साढे ७ बजेतिर अध्यक्ष केसी काम विशेषले बौद्ध गएको समयमा निज सवार ८१२ नम्बरको कारलाई घर जाने क्रममा टोखातर्फ फर्कदै गर्दा अनुमानित २५–३० मिटरको दुरीमा २ वटा पल्सर मोटरसाईकलमा सवार २ जना व्यक्तिल पछ्याईरहेको बताए । निज मोटरसाईकलमा सवार व्यक्तिहरुले टोखा वडा नम्बर ६ को भित्रि बाटो शिब चोक पुग्दासम्म समेत पछ्याईरहेपछि निजहरुले पिछा गरे नगरेको एकिन गर्न शिब चोकको भित्रि बाटो (बाटो टुङ्गीने ठाउँ)सम्म पनि निजहरुले पिछा गरेपछि आफूले उनिहरुलाई साथिहरुको सहयोगमा पकड्न खोज्दा एकजना भागेको र एकजनालाई सोधपुछ गर्दा राष्ट्रिय अनुसन्धान(एनआईडी)को कर्मचारी भएको बताएको जनाए । थप सोधपुछ गर्न उक्त स्थानका स्थनीय जनता सहित नजिक रहेको प्रहरी प्रभाग टोखामा उक्त पछ्याईरहेका व्यक्तिसहित अध्यक्ष केसी समेत स्थानीयको उपस्थितिमा बुझ्दा निज प्रहरीको कुनै पनि कर्मचारी नभएको भनि बताएपश्चात अध्यक्ष केसीबाट ठाडो निबेदन माग गरी निज व्यक्तिलाई महाराजगञ्ज प्रहरीको जिम्मामा लगेको बताए । साथै महाराजगञ्ज प्रहरी वृत्त प्रमुख डिएसीले “हामी राती केरकार गर्छौं र तपाईहरु भोलि १० बजे आउनु र तापाईको सुरुक्षाको लागि हामी चिन्तित छौं, तपाईको निवासमा हामी पेट्रोलिङ पनि गर्नेछौं चिन्ता नगर्नुहोला ।”
तर जब आज विहान अध्यक्ष केसीसहितको टोलि महाराजगञ्ज प्रहरीमा जाँदा भएको छलफलमा अध्यक्ष केसीले निज संकस्पद व्यक्तिको वास्तविक परिचय के हो ? हामीलार्य बताई दिनुस भन्दा डिएसपीले कुनै पनि प्रमाण नदेखाई “म डिएसपी स्वयमले नै भनिसकेपछि विश्वास गर्नुस” भनि गैर जिम्मेवारपूण व्यवहार गरी संकस्पद व्यक्तिलाई छाडिसकेको र सो व्यक्ति राष्ट्रिय अनुसन्धानको नभई नेपाल प्रहरीको असई रहेको भनि जानकारी गराए थिए । यद्यपी अध्यक्ष केसी सहित घटना स्थलमा रहेका व्यक्तिहरुसँग निज संकस्पद भनिएका व्यक्तिले आफू एनआडीको परिचय दिएको भिडियो प्रहरीलाई देखाउँदा प्रहरीले सो विषयलाई वेवास्ता गरि निज व्यक्तिलाई छाडेको देखिन्छ । प्रहरीको उक्त व्यवहारबाट थप त्रसित भएको तथा राज्यबाट सुरक्षा पाउनुको सट्टा थप असुरक्षित भएको बताए ।
यसै सन्दर्भमा सो पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता धुर्बलाल श्रेष्ठले पछिल्लो समयमा राज्य आतंक बढेको र पीडितहरुले न्याय खोज्दा झनै दुःख दिन खोजेको आरोप लगाएका छन् । श्रेष्ठले कानुनी राज्यमा गैर कानुनी हर्कत बढ्दा वर्तमान सरकारको आयु धेरै नभएकोसमेत ठोकुवा गरे ।