काठमाडौँ । चर्चित ललिता निवास सरकारी जग्गा हिनामिना सम्बन्धी मुद्दाको फैसला आज सुनाउने तयारी भइरहेको छ । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दाको सुनुवाई सकिएको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला तयार भएकोले आज सुनाउने तयारी भइरहेको छ ।
एक महिनादेखि विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दाको निरन्तर सुनुवाइ भइरहेको थियो । सुनुवाई मङ्गलबार सकिएर पनि फैसला तयार भएको बताइएको छ ।
स्रोतका अनुसार उक्त मुद्दामा केही व्यक्तिलाई केही समयको लागि जेल सजाय पनि तोकिएको छ ।