आज :

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणः खुल्यो नयाँ व्यापारिक नाका, काठमाडौंबाट कति टाढा ?

  • अनलाइन डबली

काठमाडौँ । नेपाल र चीनबीचको वैदेशिक व्यापारको लागि नयाँ नाका खुलेको छ । प्रधानमन्त्री चीन भ्रमणको क्रममा लिजी नाकालाई चौथाे बन्दरगाह सञ्चालनमा ल्याउने सहमति भएको छ । यो नेपाल र चीनबीचको चौथाे नाका हो ।

माथिल्लो मुस्ताङको कोरोला नाका नजिकै रहेको लिजी बन्दरगाहको निर्माण सन् २०१७ मा सुरु भएको थियो । चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका दौरान यो बन्दरगाह सञ्चालनको सम्झौता भएको थियो । ५४.७ मिलियन अमेरिकी डलरको लागतमा चीनले निर्माण गरेको यो नाका प्रधानमन्त्रीको भ्रमणको अबसरमा संचालन गरिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

यो बन्दरगाहको निर्माण कार्य सम्पन्नपछि वाणिज्य मन्त्रालयले निरीक्षण गरेको निरीक्षणमार्फत सञ्चालन योग्य देखिएको थियो । निरीक्षणबाट उक्त बन्दरगाह नेपालसँगको व्यापारका लागि तयार रहेको पाइएपछि संचालनमा ल्याइएको चीनले बताएको छ ।

तिब्बतको राजधानी लासाबाट ९३५ किलोमिटर दूरीमा रहेको लिजी बन्दरगाह सिगात्से प्रान्तको झोङ्बा काउन्टीमा अवस्थित छ । काठमाडौंबाट लिजी बन्दरगाह ४९९ किलोमिटरको दूरीमा छ भने सीमाबाट जम्मा १२ किलोमिटरको दूरीमा रहेको छ । यो नाकाबाट नेपाली र तिब्बतीबिच खाद्यान्न, नुन र भेडा–च्याङ्ग्राको व्यापार हुँदै आएको छ ।

कोरोना महामारीका कारण बन्द भएको नेपाल–चीन सीमा नाका ५ महिना अघि मात्रै पुनः सञ्चालनमा आएको थियो । जसमा तातोपानी र रसुवागढीको सूचीमा लिजी समेत थपिएको हो ।

यो नाकाबाट दुबै देशले बस्तु आयत र निर्यात गर्न सक्ने बताइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal