आज :

दक्षिण कोरियामा ‘नेपाल इनभेष्टमेन्ट सेमिनार’, कोरियन व्यवसायी नेपालीमा लगानी गर्न इच्छुक

  • अनलाइन डबली

काठमाडौँ । दक्षिण कोरियामा नेपाल इनभेष्टमेन्ट सेमिनार सम्पन्न भएको छ । नेपाली राजदूतावासको आयोजना र एनआरएनएको सहकार्यमा सम्पन्न कार्यक्रममा कोरियाका ५० भन्दा बढी व्यवसायीहरु सहभागी भएका थिए ।

नेपालका लागि कोरियाका राजदूतको ज्योति प्याकुरेलले जिम्मेवारी समालेको ४ महिनापछि लगानी सम्मेलनको आयोजना गरिएको हो ।सम्मेलनमा परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले शुभकामना सन्देश दिएकी थिइन् । सम्मेलनमा उपनियोग प्रमुख रामसिंह थापाले लगानीका सम्भावित क्षेत्र, नेपालका कानून, पुँजी लगायनी क्षेत्र समेटेर कार्यपत्र पेश गरेका थिए ।

उपनियोग प्रमुख थापाले प्रस्तुत गरेको कार्यपत्रमा आर्थिक विकासको एजेण्डामा राजनीतिक सहमति, सुशासन र आर्थिक वृद्धिमा ध्यान केन्द्रीत, सन् २०२६ सम्म अल्पविकसित अवस्थाबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती, सन् २०३० सम्ममध्ये आय भएका राष्ट्रमा पुग्ने लक्ष्यमा पुग्न सबै क्षेत्रहरुमा वृहत लगानीको खाँचो रहेको औल्याउँदै लगानी सम्मेलनको आयोजना गरिएको उल्लेख छ ।

त्यसैगरी कार्यपत्रमा नेपालमा लगानीको लागि उचित गन्तव्य स्थल पनि छुट्इयाएको छ । नेपाल लगानीको एक राम्रो गतन्वय मानिएको बताउँदै जुनसुकै क्षेत्रमा लगानी प्रतिफलयुक्त रहेको, कुनै पनि क्षेत्र प्रतिस्पर्धारहित रहेको, पूर्ण शान्ति सुरक्षासहित वैदेशिक लगानीको लागि सुरक्षित गन्तव्य, नेपाल विशाल बजार भएका चीन र भारतबीच रहेको, नेपालमा उत्पादित बस्तुहरुलाई चीन र भारतमा विना भन्सार बजार पहुँचको सुविधा, नेपाली बस्तुमाले युरोपियन बजारमा समेत विना भन्सार र विना कोटा बजार प्रवेश सुविधा, अमेरिकी बजारमा ७० वटा नेपाली बस्तुलाई बजार प्रवेशमा प्राथमिकता रहेको कार्यपत्रमा उल्लेख छ ।

नेपालमा प्रमुख लगानीका क्षेत्रहरुमा उत्पादनमूलक, आई.टी, जलविद्युत, खानी, कृषि, पूर्वाधार, उद्योग, पर्यटनलगायत रहेको सेमिनारमा जानकारी गराइएको थियो । त्यस्तै, लगानीकाे लागि नेपालमा विद्यमान कानूनबारे पनि सम्मेलनमा जानकारी गराइएकाे थियाे ।

सम्मेलनमा राजदूत प्याकुरेलले नेपालमा लगानीको सम्भावना रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे । उनले लगानीको सुरक्षा राज्यले गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

सम्मेलनले कोरियाली लगाउन भित्र्याउन महत्वपूर्ण भएको एनआरएनएका अध्यक्ष विनाद कुँवरले बताए । काेरियन लगानी नेपाल भित्रिएमा कोरोना महामारीले असर पारेको नेपाली अर्थतन्त्रलाई लयमा फर्काउन सहयाेग पुग्ने कुँवरले बताए ।

कुँवरका अनुसार सम्मेलनमा सहभागी कोरियन व्यवसायीहरुले आफूहरुले नेपालको अवस्थाबारे जानकारी पाएकोमा खुशी व्यक्त गर्न इच्छुक रहेकाे बताएका थिए ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका व्यवसायी अरुणराज सुमार्गीलगायत काेरियामा रहेका नेपाली व्यवसायीहरूकाे सहभागी रहेकाे थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal