आज :

रहेनन् फुटबलका ‘सम्राट’ पेले, शोकमा विश्वभरका फ्यानहरु

  • अनलाइन डबली

काठमाडौं । फुटबलका ‘सम्राट’ भनेर पहिचान बनाएका पेलेको निधन भएको छ । केही दिनदेखि मृत्युसँग संघर्ष गरिरहेका पेलेको ८२ वर्षकाे उमेरमा उपचारका क्रममा साओ पाउलोमा निधन भएको हो । उनको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो ।

पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो भएपनि विश्वभर उनलाई पेलेबाटै चिनिएका छन् ।

क्यान्सर र मृगौला तथा मुटुमा गम्भीर समस्या देखा परेपछि अस्पताल भर्ना भएका पेलेको स्वास्थ्यमा झनझन गम्भीर बन्दै गएको थियो ।

१७ वर्षको कलिलो उमेरमा फुटबलका अन्तर्राष्ट्रिय खेलाडी भएका पेलेले तीन पटक ब्राजिललाई विश्व कपको उपाधि दिलाएका थिए । खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिएका थिए।

पेलेले खेल जीवनमा एक हजार गोल गरेका थिए । धेरैजसो उनले घरेलु क्लब सान्टोसका लागि गोल गरेका थिए ।

पेलेको जन्म सन् १९४० अक्टोबर २३ मा ब्राजिलको सानो सहर मिनास गेराइसमा भएको थियो । तीन पटक विश्वकप उपाधि जिताएकोले पेलेलाई ब्राजिलमा नायकका रूपमा लिइन्छ ।

पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । अहिलेसम्म तीन पटक विश्वकप जित्ने पेलेको रेकर्ड कसैले तोडेका छैनन् ।

२१ वर्षकाे लामाे फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गाेल गरेकाे विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीकाे पदक दिइएकाे थियाे ।

पेलेको निधनको खबरले विश्वभरका उनका फ्यानहरु शोकमा डुबेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal