आज :

पूर्वमुख्यमन्त्रीको सभामा कार्यकर्ताबीच भागदौड मच्चिँदा ८ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । पूर्वमुख्यमन्त्रीले सम्बोधन गर्ने एक कार्यक्रममा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ । यो घटना भारतको आन्ध्र प्रदेको हो । त्यहाँको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुले  सम्बोधन गर्न स्थलमा पुग्दा मानिसहरुको भिडबीचमा भागदौड मच्चिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

नायडु हाल राज्य विधानसभामा विपक्षी नेता छन् । बुधबार साँझमा नायडुको गाडी उक्त क्षेत्रबाट गुडिरहेका बेला भीड सुरु भएको थियो । जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो ।

स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै बैठक रद्द भएको थियो ।

नायडुले आफ्ना प्रियजन गुमाएका परिवारलाई १० लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले पार्टीका नेताहरुलाई घाइतेहरूको राम्रो उपचारको व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal