आज :

उत्तर कोरियाद्वारा परमाणु हमला गर्न सक्ने क्रुज मिसाइल प्रहार, किमजोङले दिए यस्तो चेतावनी

  • अनलाइन डबली

काठमाडौं । जनवादी गणतन्त्र कोरियाले दुई लामो दुरीको रणनीतिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । परमाणु हमला गर्न सक्ने दुबै मिसाइल सर्वोच्च नेता किमजोङ उनको उपस्थितिमा सफल परीक्षण भएका छन् ।

मिडिया रिपोर्टका अनुसार दुबै मिसाइलको बुधबार परीक्षण गरिएका मिसाइलले समुद्रमा २००० किलोमिटरको दुरी पार गरेपछि आफ्नो अनुमानित लक्ष्यमा प्रहार गरेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यी दुई मिसाइल कोरियाली सेनामा सामेल हुनाले उनीहरुको शक्ति बढ्नेछ । उत्तर कोरियाको सेनाले अब आणविक हतियारले पनि आक्रमण गर्न सक्नेछ ।

प्योङयाङले अब २०१७ पछि पहिलो परमाणु परीक्षण गर्न सक्छ । मिसाइल परीक्षणपछि नेता किमजोङले शत्रु देशले निहु खोजे परमाणी हमला गर्न सक्ने चेतावनी दिएका छन् । ‘यो हरेक शत्रु देशका लागि चेतावनी हो । हामी आणविक हतियार परिक्षणको दिशामा अघि बढिरहेका छौँ । आपतकालीन वा युद्धजस्तो अवस्थामा सेनालाई यसबाट थप बल मिल्छ’ किमजोङले भने ।

नेटोले रुसविरुद्ध कडा कदम उठाउने तयारी गरिरहेको बेला उत्तर कोरियाले नयाँ परीक्षण गरेको छ । संयुक्त राष्ट्रसंघमा रुसले युक्रेनको भूभाग गाभेको भन्दै मतदान गरिरहेको बेला यो परीक्षण भएको छ । उत्तर कोरियाले जनमत संग्रहमार्फत पूर्वी युक्रेनले गरेको फैसलाको स्वागत र सम्मान उत्तर कोरियाले गरेको छ ।

पूर्वी युक्रेनको पुनः निर्माणको लागि कोरियाले एक लाख सैनिक पठाएको छ । अमेरिकाले दक्षिण कोरियासँग मिलेर सैन्य अभ्यासको जवाफ पनि उत्तरले दिँदै आएको छ । अमेरिकी उपराष्ट्रपति सीमा क्षेत्रमा पुगेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal