आज :

जेलेन्स्कीकाे आदेशमा पत्रकार बसेको होटलमा मिसाइल प्रहार, पूर्वसांसदसहित दुई जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका पूर्वी शहरमा रुसी पत्रकार बसेको एक होटलमा युक्रेनी सेनाले मिसाइल प्रहार गरेको छ । युक्रेनको खेरसन सहरको एक होटलमा युक्रेनी सेनाले प्रहार गरेको हो । उक्त हमलामा परी पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

हमलामा परी मृत्यु भएका पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मृत्यु भएको स्थानीय अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन् । पूर्व सांसद झुराभ रुसी समर्थक भएको बताइएको छ । युक्रेनी सशस्त्र सेनाले आइतवार प्ले होटलमा मिसाइल प्रहार गरेको थियो ।

यसबारे युक्रेनले औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन भने युक्रेनबाट अलग भएको घोषणा गरेका स्थानीय अधिकारीहरुले घटनाको विरोध जनाएका छन् । विज्ञप्तिमा आ क्रमण युक्रेनको प्रायोजित अतिवादी कार्य भएको टेलिग्राममा पोस्ट गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ ।

आक्रमणमको समयमा सो होटलमा रुसी पत्रकारहरु पनि रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । तर, घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ । रुसी पत्रकार घटनामा परे नपरेको अहिलेसम्म कुनै विवरण सर्वाजनिक भएको छैन ।

रूसी संचारमाध्यहरूले युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले पत्रकारहलाइ लक्षित गरेर मिसाइल प्रहार गर्न निर्देशन दिएकाे समाचारमा उल्लेख गरेका छन् । पत्रकारलाइ लक्षित गरेर मिसाइल प्रहार गरिएकाे घटनाकाे विराेध भइरहेकाे छ ।

भाेलिसम्म पूर्वी युक्रेनका चार क्षेत्रमा भाेलिसम्म जनमतसंग्रह हुँदैछ । युक्रेनबाट अलग भएकाे घाेषणा गरेका लुहान्स्क र डाेनेट्स्कसँगै खेरसन र जाेपाेरिजामा पनि जनमत संग्रहकाे  लागि मतदान भइरहेकाे  छ । युक्रेनबाट अलग भएकाे घाेषणापछि बनेका स्थानीय सरकारले रूससँग मिल्ने वा नमिल्ने जनताकाे मत लिन जनमत संग्रहकाे घाेषणा गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal