Skip
आज :

पुटिनले गरे अहिलेसम्मकै नयाँ घोषणा, नेटो सेना पनि हाइअलर्टमा

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोभियतकालिन भूमि फिर्ता र त्यसको रक्षा गर्ने घोषणा गरेका छन् । उनले युक्रेन तत्कालिन सोभियत संघको भूमि भएको बताउँदै फिर्ता लिएर छोड्ने समेत बताए ।

पीटर द ग्रेटको ३५० औं जन्मदिनको अबसरमा युवाहरुसँगको छलफलमा पुटिनले आफ्नो क्षेत्र फिर्ता लिने र रक्षा गर्ने प्रतिवद्धता जनाए । उनले युक्रेन–स्वीडनको नामै लिएर आफ्नो क्षेत्र फिर्ता लिने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमरुले बताएका छन् ।

पुटिनको नयाँ घोषणाले युरोप र अमेरिकाको निद हराम भएको छ । पुटिनलाई युक्रेनमै गलाउने योजनामा युरोप र अमेरिका छन् । तर, पुटिनले सोभियतकालिन भूमि फिर्ता गर्ने घोषणा गरेसँगै विश्वभर नयाँ हलचल मच्चिएको थियो ।

पुटिनको नयाँ घोषणासँगै नेटो देशहरुले पनि नयाँ रणनीति बनाउन लागेको बताइएको छ । पुटिन युक्रेन जितेपछि युरोपका अन्य देशमा समेत युद्ध गर्न सक्ने नेटो देशहरुले बताउँदै आएका छन् ।

स्तातबुल शान्तिवार्ता पहिले सोभियतकालिन झण्डा फराउँदै रुसी सेना किभतिर अघि बढेका थिए । सोभियत झण्डासहित लामो ट्यांकको लाइन किभतिर बढिरहेको भिडियो रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको थियो ।

भारतीय सुरक्षा विज्ञ आशिष सिंहले पुटिन योजनावद्ध रुपमा अघि बढेको बताउँदै सोभितकालिन अवस्थालाई फिर्ता गर्न चाहिरहेको बताउँछन् । उनले रुस युक्रेनमा मात्रै सिमित नहुने समेत बताए ।

त्यस्तै पूर्व राजदूत समेत भइसकेको भारतीय विदेश मामिलाका जानकारी दीपक बोहराले रुसको युद्ध युक्रेनसँग मात्रै नभएको बताउँछन् । “अहिलेको अवस्था पुटिन भर्सेस नेटो र पुटिन भर्सेस युरोप हो, यसमा जेलेन्स्की फसेका मात्रै हुन्” बोहराले भने । उनले रुस युक्रेन युद्धका कारण कमजोर नभएको बताए । उनले रुबोल अहिलेसम्मकै महंगो हुनेले यसको पुष्टि गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal