आज :

ओलीको गृह नगरबाट आयो ताजा मत परिणाम, यस्तो छ पछिल्लो अवस्था, हेर्नुहोस बिस्तृतमा

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएका छन् ।

उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले १६४० र एमालेका अम्बिका खनालले १५०९ मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका छन् ।

धरान उपमहानगरपालिकामा गठबन्धनको अग्रता कायम छ । मेयरमा काँग्रेसका किशोर राई १३४० मत सहित अगाडि छन् । उनलाई ९२२ मत ल्याएर स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पछ्याइरहेका छन ।

एमाले उम्मेदवार मन्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन । हालसम्म धरानको ३५०० मत गणना भैसकेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा दीपनारायण यादवले १ हजार १४३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत ल्याएका थिए ।

त्यस्तै सदस्यहरूमा मतिया देवी सादा मुसहर १ हजार १२२, शारदा पन्त १ हजार ११९, विजय कुमार साह ९५६ र मनोज कुमार पूर्वे ९२० मत ल्याएर विजयी भएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । २७५३ मत गन्दा हमालले १२९२ मतका साथ अग्रता लिएका छन् ।

यस्तै नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नृप वडले ७६२ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट शान्ति अधिकारीले ६३८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४४८ मत ल्याएका छन् ।

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । ५२६७ मत गन्दा मेयरमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामा १५८९ मत ल्याउँदै अघि रहेकी छन् ।

नेकपा एमालेका अनन्त पौडेलले १५५० मतले ल्याएछन् ।​उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले २२६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १८९१ मत ल्याएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal