काठमाडौं । अफगानिस्तानमा एक जना पत्रकारको गोली हानेर मारिएकी छन् । पूर्वी अफगानिस्तानको जलालावादमा कार्यरत पत्रकार मलाला माइवन्दको अवज्ञात समूहले गोली हानी ह त्या गरेको हो ।
स्थानीय एनिकास टिभी तथा रेडियोकी पत्रकार मलालाको विहीबार हतियारधारीले उनको गाडीमा फायर गरेका थिए। गाडीका चालक मोहम्मद ताहिर पनि सो हमलामा मारिएका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अहिलेसम्म कुनै पनि समूहले आधिकारिकरूपमा घटनाको जिम्मेवारी लिएका छैनन् । सो प्रान्तका गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले घटनापछि हमलाकारीहरू भाग्न सफल भएको स्थानीय मिडियाललाई बताएका छन् ।
मलाला सामाजिक अभियान्ता समेत थिइन् । उनले समाजका विद्यमान समस्याको खुलेर आलोचना गर्दै कलम चलाइरहेकी थिइन् । उनले अफगानिस्तानमा महिला पत्रकारहरूले भोग्नुपर्ने चुनौतीका बारेमा खुलेर बोल्ने गरेकी थिइन् । यही कारणले उनी मारिएकी स्थानीय संचारमाध्यमहरुले बताएका छन् ।
पत्रकार मलालाकी आमाको पनि पाँच वर्ष अगाडि गोली हानेर मारिएकी थिइन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनकी आमा पनि एक सामाजिक अभियन्ता थिइन् ।