हिन्दु नारीहरुको महान् चाड हरितालिका तिजको पूर्व सन्ध्या भदौ ४ गते सुरु गरिएको निषेधाज्ञा जनताले पूर्ण रुपले पालना गरेको पाइयो । यसअघि सरकारले २०७६ सालको अन्त्यतिर सुरु गरेर २०७७ साउनको पहिलो हप्तासम्म लकडाउन गरेर एक महिनाजति खुल्ला छोडेको थियो । लकडाउनको ४ महिना सरकारलाई त्यसको पालना गर्न मुस्किल भएको पाइन्थ्यो । तराईका कतिपय जिल्लाहरुमा त सेना नै परिचालन गर्नुपरेको थियो तर आज निषेधाज्ञाको दोस्रो दिन काठमाडौं उपत्यकाका सडकमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई निषेधाज्ञा पालना गराउन त्यति गाह्रो परेको पाइएन ।