आज :

साउदीका तेल भण्डार र पाइपलाइनमा हुथीको नयाँ हमला, तेलको मूल्य अहिलेसम्मकै उच्च

  • अनलाइन डबली

काठमाडौँ । यमनको हुथी विद्रोहीले साउदी अरेबियाको तेल भण्डारमा नयाँ हमला गरेको छ । इरानी सञ्चारमाध्यमका अनुसार सोमबार विहान तेल भण्डारमा नयाँ हमलाको जिम्मा हुथीले लिएको छ ।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार आभा र खामिस मुसैत क्षेत्रमा नयाँ हमला भएको हो । यो क्षेत्रमा हवाई आक्रमणको साइरन बजिरहेका सार्वजनिक भएको थियो ।

यसअघि पनि साउदीको पाइपलाइनमा ड्रोन हमला भएको थियो । तर, यसको जिम्मा कसैले लिएको थिएन् । गत शुक्रबार इराकबाट प्रहार गरिएको ड्रोन आक्रमणका कारण साउदी अरेबियाको पूर्व–पश्चिम तेल पाइपलाइन बन्द भएको छ ।

साउदी अरेबियाको नागरिक रक्षा संगठनले देशका चार सहरमा हवाई आक्रमण गर्ने चेतावनी जारी गरेको थियो । जाजान र नजरान प्रान्तका साथै आभा र खामिस मुसैत सहरका बासिन्दालाई सुरक्षा चेतावनी पालना गर्न साउदी सरकारले आग्रह गरेको थियो ।

साउदीमा हुथीको नयाँ हमला र खाडी क्षेत्रमा जहाजहरूमाथि भएका इरानी हमलापछि विश्वभर ऊर्जा आपूर्तिमा थप संकट पैदा भएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अहिलेसम्मकै बढी पुगेको छ ।

बजार खुल्दा प्रारम्भिक चरणमा ३ प्रतिशतभन्दा बढीले बढेको ब्रेल क्रुडको भाउ पछि २.७७ प्रतिशत (२.९० डलर) ले बढेर प्रतिब्यारेल १०७.५१ डलर पुगेको छ भने डब्लूटीआई फ्युचर्स पनि २.२७ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३२ डलरमा पुगेको छ ।

ऊर्जा आपूर्तिमा देखिएको यो अवरोधले गत हप्ता मात्रै तेलको मूल्य ८ प्रतिशतले बढेर जुलाईयता पहिलो पटक प्रतिब्यारेल १०० डलर नाघेको थियो ।

यसले होर्मुज जलमार्गलाई छलेर हुने तेल निकासी रोक्दा विश्वव्यापी तेल आपूर्तिको करिब ४ प्रतिशत हिस्सा जोखिममा परेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal