आज :

दैलेखको बादी बस्तीमा पहिरोः ३७ जना विस्थापित, तरकारी सङ्कलन केन्द्रमा आश्रय

  • अनलाइन डबली

दैलेख । लगातारको अविरल वर्षाका कारण दैलेखको नारायण नगरपालिका–१ स्थित नमुना बस्तीका बादी समुदाय पहिरोको उच्च जोखिममा परेको छन् । आइतवार र सोमवार परेको झरीका कारण गएराति बस्तीमा पहिरो जान थाले पछि आठ घर परिवारका ३७ जना सर्व साधारण विस्थापित भएका छन् ।

पहिरोको जोखिम बढे लगत्तै जिल्ला प्रहरी कार्यालय दैलेख बाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमाण्डमा खटिएको टोलीले स्थानीय जन प्रतिनिधि सँग समन्वय गरी पीडितहरू लाई उद्धार गरेको छ । विस्थापित ३७ जना लाई सोही वडामा रहेको तरकारी सङ्कलन केन्द्रमा रहेको भवनमा आठ वटा कोठामा अस्थायी रूपमा राखिएको छ ।

भीरालो धरातलमा रहेको ६५ घरधुरीको यो बादी बस्तीमा एउटा घर पुरिँदा सिङ्गो बस्ती नै जोखिममा पर्ने अवस्था छ । यस अघि पनि पहिरोमा परी रूपा बादी, उहाँकी छोरी सपना र छोरा विष्णुको मृत्यु भइ सकेकाले स्थानीय वासी त्रासमा छन् । विस्थापित कमला बादीले पटक–पटक कारागार, भेटेरिनरी र तरकारी सङ्कलन केन्द्रमा आश्रय लिनुपर्ने बाध्यता रहेको भन्दै स्थायी स्थानान्तरण नभए सम्म पुरानो बस्तीमा नफर्किने बताउनुभयो ।

नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देश श्रेष्ठले बस्तीको प्रत्यक्ष अनुगमन गरी प्रभावितहरू सँग छलफल गरिएको जानकारी दिनुभयो। हामीले नमुना बस्तीमा पुगेर वस्तु स्थिति हेरेका छौँ र नगर प्रमुख सहित बस्तीका अगुवाहरू सँग छलफल गरेका छौँ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, तत्कालको झरीको अवस्थालाई हेरेर दीर्घकालीन व्यवस्था गर्ने कुरा भएको छ । पानी पर्न बित्तिकै यो वर्षौँ देखिको पहिरोको जोखिम अन्त्य हुने गरी बादी समुदाय लाई अन्यत्रै स्थानान्तरण गर्ने कुरा भएको छ । उहाँहरूको भूमि आयोग बाट निसा भइसकेकाले त्यस लाई छिट्टै प्रक्रियामा लगेर स्थायी व्यवस्थापन गरिनेछ ।

यस ैगरी दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द शारुले स्थानीय तहले छिटो र छरितो रूपमा काम अघि बढाए जग्गा खोजी गरी सुकुम्बासी बादी समुदायको स्थायी व्यवस्थापन गर्न प्रशासन तयार रहेको बताउनुभयो । सुकुम्बासी हुन् भने नगरपालिकाले छिटो काम अगाडि बढाउनुपर्छ, हामी जग्गा खोज्छौँ, प्रजिअ शारुले भन्नुभयो, बादी समुदायले पनि हामी लाई रोजेकै ठाउँ चाहिन्छ भन्नु राज्यको नीति सँग मिल्दैन । मैले दैलेखका सबै ठाउँमा अनुगमन गरिसकेको छु, स्थानीय निकायले गर्नुपर्ने काम ढिलो भएकोे छ । त्यसैले लालपुर्जा वितरणका लागि स्थानीय निकायले जग्गा व्यवस्थापनको पहल भूमि आयोगमा तुरुन्तै गर्नुपर्छ ।…नवीन रिजाल

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal