आज :

अरबी हत्य प्रकरणः मिराजको नाममा साढे २ वर्षसम्म किन लिएन प्रहरीले जाहेरी ?

  • अनलाइन डबली

काठमाडौं । बाँकेको नेपालगञ्ज २१ बिर्ताका आरबी खाँको हात्यामा संलग्न दोषिलाई कारबाही गर्न आमा राविया खाँले माग गरेकी छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुले हत्यालगत्तै जाहेरी दिदा पनि दोषीलाई उन्मुक्ति दिने नियतका साथ प्रहरीले दर्ता गर्न नमानेको जनाएकी छन् ।

आमा रावियाका अनुसार छोराको हत्या भएको साढे २ वर्ष पुग्दासमेत पटकपटक घटनमा संलग्न भनिएका सदन भन्ने मेराज खानमाथि मुद्धा चलाउन जहेरीसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा पुग्दासमेत प्रहरीले जहेरी नलिएको गुनासो गरेकी छन् ।

घटना घटेलगत्तै घटनास्थलमा रगतले लत्पतिएको अवस्थामा मेराज खानको सर्ट फेला परेको र सोही आधारमा आफूहरुले जहेरी लिएर जाँदा पनि प्रहरीले प्रमाण नपुगेको दाबी गर्दै जाहेरी लिन इन्कार गरेको रावियाको कथन छ । “२ वर्षसम्म प्रहरीले ‘घटनमा अप्जल पठान भन्ने व्यक्तिको सम्लग्नता देखिएको छ, जबसम्म उनी सम्पर्कमा आउँदैनन् तबसम्म जाहेरी लिन मिल्दैन’ प्रहरीले भनिरह्यो” रावियाले भनिन् ।

अप्जललाई भारतबाट २ वर्षपछि पक्रेर ल्याएपछि उनको नाममा मात्रै जाहेरी ल्याउन माग गरेको तर आफूहरुले मेराजको नाममा पनि जाहेरी दिन खोज्दा ठोस प्रमाणको माग गरेको रावियाले बताईन् ।

मृतक आरबी खाँका काका फज्लुर रहेमानले आरबीको निकै नै अमानवीय, विभत्सतरिकाले हात्या गरिएको भन्दै घटनाको सत्यतत्य छानविन गरी दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरे । मृतको घाँटी रेटेको, भूडीबाट आन्द्रा झिकेको र आँखा निकालेर निकै नै क्रुरु हत्या भएको विषयमा प्रहरीले मेराजको नाममा जहेरी नलिनुले प्रहरीमाथि नै गम्भीर आशंका रहेको काका रहेमानको भनाई छ ।

२०८० चैतमा घटना भएको २ वर्षपछि पीडितले भन्दा पनि प्रहरीले आफ्नो माग अनुसार अप्जलको नाममा जाहेरी दिन बाध्य परि दर्ता गरेको र त्यसपछि अप्जललाई अदालत उस्थित गरेको रहेमानले जानकारी दिए । बाँके जिल्ला अदालतले अनुसन्धानका लागि पूर्पक्ष थुनामा पठाए पनि उच्च अदालत नेपालगञ्ज तुल्सिपुर इजलासले ठोस प्रमाण नपुगेको भन्दै धरौटीमा छाड्न आदेश दिनुले थप पीडा भएको रहेमानको कथन छ ।

उनले यसअघिको सरकारले आफूहरुलई न्याय नदिए पनि वर्तमान बालेन सरकारले न्याय दिने आशामा काठमाडौंसम्म पुगेको उनले बताए ।

पत्रकार आशिश मल्ल ठकुरीले २०८० चैत १७ गते राति घटना भएको भोलिपल्टै सोही ठाउँ कै आप्जल पठान भागेर भातर गएको तथा अर्का घटनामा सम्लग्न भनिएका मेराज खानको घटना स्थलमा सर्ट भेटिएपछि उनि पनि भागेको हुँदा कानुनत उनिमाथिसमेत अनुसन्धान गरिनुपर्ने जिकिर गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal