आज :

कैदीहरुको सुरक्षाका लागि रिगललाई बाँके कारागारबाट सरुवा गर्न पीडित परिवारको माग

  • अनलाइन डबली

काठमाडौं । बाँके कारगारभित्रै योगराज ढकाल‘रिगल’बाट आफ्नो छोरा असुरक्षित भएको पीडित सुरज कशौधन बनियाँकी आमा राजकुमारी बनियाँले आरोप लगाएकी छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी कारागारभित्र रिगलले साम्राज्य खडा गरेर सबै कैदि–बन्दीहरुलाई दुःख दिनेगरेकोसमेत परिवारले जानकारी दिएको छ ।

आमा राजकुमारीले १२ वर्षदेखि जेल जीवन बिताईरहेका आफ्नो छोरा सुरजलाई रिगलले १ वर्षदेखि लगातार यातना दिदै आएको र पछिल्लो समयमा मार्ने धम्किसमेत दिएको गुनासो गरेकी छन् । “कारगारभित्रै बन्दीहरु असुरक्षित छन्, मेरो छोराले रिगलको भनेको मानेन भनेर यातना दिन मिल्छ, एकजना कैदीले अर्को कैदीलाई अन्याय गर्दा प्रहरी प्रशासन चुप लाग्न मिल्छ” राजकुमारीले प्रश्न गरिन् ।

पीडित सुरजकी बहिनी दर्गा बनियाँले रिगलबाट आफ्नो दाजु पटकपटक कुटपिट हुँदै आएको र जेलरहरुले पनि रिगलकै साथ दिएको भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराएकीछन् ।

दुर्गाले आफ्नो दाई जस्तै अन्य कैदीहरुको सुरक्षाका लागि रिगललाई तत्काल अन्यत्र सरुवा गर्न माग गरिन् । “यदि राज्यले फाँसी दिने कानुन निर्माण गर्छ भने सुरुवात मेरो दाइबाट गरोस्, हैन भने पटकपटक रिगलहरुबाट मर्न नपरोस्” दुर्गाले भनिन् ।

स्थानीय आशिष मल्ल ठकुरीले वर्षाैंदेखि नेपालका कारागार अमानवीयरुपमा चिलरहेको जनाउँदै त्यसलाई व्यापक सुधार गर्नुपर्ने धारणा राखे । ठकुरीले रास्वपा बाँके ३ नम्बर क्षेत्रबाट निर्वाचित संघीय सांसद खगेन्द्र सुरनारले रिगललाई संरक्षण गरेको र उनैले जेलभित्र साम्राज्य चलाउन उक्साएको कारगारभित्रैबाट कैदीबन्दीहरुले गुनासो सुनाउने गरेको बताए । “सुनार पटकपटक कारागार आउने र रिगल ढाकाललाई भेटी ‘केही परे म छुँ’ भन्दै कदीलाई दमन गर्न उक्साएको प्रष्ट हुन्छ” ठकुरीले भने ।

वर्तमान सरकारले हालै कारागार सुधार गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएको तथा जेलभित्रै अपराधिक घटनाहरु बढ्न थालेको उनको जिकिर छ । कारगारको अस्तव्यस्त व्यवस्थापनका कारण रिगल जस्ता कैदीहरुले अन्य जेल जीवन विताईरहेका व्यक्तिहरुमाथि छुट्टै शासन चलाउने गरेको दाबी गरे । रिगल जस्तै पहुँचवाला कैदीहरुले प्रहरी प्रशासनलाई समेत आफ्नो अनुकुल बनाएर दादागिरी चलाउँदै आएको प्रति सरकारको ध्यानकर्षण होस्” ठकुरीले भने ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal