आज :

‘शाक्यमुनी कमोडिटिज’ले ठगेको रकम फिर्ता दिन अदालतको फैसला कार्यान्वयन होस्ः सम्भू थापा

  • अनलाइन डबली

काठमाडौं । पाल्पा जिल्लामा ‘शाक्यमुनि कमोडिटिज संस्था’ले करिब ४० जना बढीबाट १० करोडमाथिको रकम ठगी गरेको पीडितहरुले गुनासो गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले राज्यसँग अदालतको फैसला कार्यान्वय गर्नसमेत मागसमेत गरेका छन् ।

‘नागरिक युवा दस्ता नेपाल’का अध्यक्ष सम्भू थापाले पाल्लाका विभिन्न व्यक्तिहरुबाट ‘शाक्यमुनि कमोडिटिज’ले स्थानीयहरुलाई विभिन्न सेवा सुविधा दिने बहानामा करोडौं ठगी गरेको आरोप लगाए । एक दशक अघि जनतालाई स्थानीय तहमै सुनदेखि नुनसम्मको सामुहिक करोबार गरेर जनतालाई आत्मनिर्भर गर्ने सपना बाढेर संस्थागत ठगी गरिएको विषयलाई अदालतले पुष्टि गरिसकेको थापाले जानकारी दिए । करिब ४ वर्षसम्म पनि संस्थाले लिएको उद्देय कार्यान्वयन नभएपछि स्थनीयले लगानी फिर्ता माग्दा आफूहरुले ठगिएको थाहा पाएको र त्यसपछि कानुनी उपचारमा गएको थापले जनाए ।

कमेडिटिजका सञ्चालक सचिन शाक्य, रकम उठाउने कल्पना घिमिरे र ज्ञानप्रसाद गैरेको मुख्य योजनामा स्थानीय ठगीएको थापाको दाबी छ ।


२०८२ सालमा पीडितहरुले आफ्नो रकम फिर्ताको लागि पाल्पा जिल्ला अदालतमा मुद्धा जिते पनि अहिलेसम्म पीडितले राहत नपाएपछि नागरिक युवा दस्तालाई गुहारेको अध्यक्ष थापाले जनाए ।

दस्ताका सुरक्षा विभाग प्रमुख नविन रेग्मीले आफूहरुले पीडितको पक्षमा लगातार ३ वर्षदेखि लड्दै आएको र पीडक पक्षलाई पनि समन्वयमा ल्याउने प्रयास गरेको जनाए । “हामीले धेरै पटक कमोडिटिज संस्थाका सञ्चालकहरुलाई समन्वय गरी पीडितहरुको रकम फिर्ता दिन पटकपटक आह्वन गर्दा पनि नमानेपछि मिडियामा जान बाध्य भयौं” रेग्मीले भने ।

अब पनि सञ्चालकहरुले पीडितलाई न्याय नदिए अदालतको फैसला अनुसार उनिहरुले कारवाही भोग्नुपर्ने रेग्मीले जनाए । रेग्मिले पाल्पा जिल्ला अदालतले पीडतको पक्षमा गरेको फैसलालाई कार्यान्वयन गर्न वर्तमान सरकारका निकायहरुलाई आह्वनसमेत गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal