आज :

वैदिक सनातन बारे गलत परचार भयो, जागरण अभियानको आवश्यकता छः ॐ पाथीभरा नेपाल आमा

  • अनलाइन डबली

काठमाडौं । नेपालमा वैदिक सनातनी संस्कार र संस्कृतिको अपव्याख्या गरी प्रहार भएकोले त्यसमा जागरणको खाँचो रहेकोमा वक्ताहरुले जोड दिएका छन् । आइतबार राजधानीको संवाद डबलीमा ‘ॐ पाथीभरा नेपाल आमा’ले पत्रकार सम्मेलनको आयोजना गरी वैदिक सनातन सबैको संरक्षक भएकोसमेत दबी गरेका छन् ।

पाथीभराकी कर्ता पुस्तादेवि तामाङले नेपाल वैदिक सनातनको उद्गम स्थल भएको र यहाँको मौलिक धर्म–संस्कृतिमाथि सुनियोजितरुपमा विदेशी हस्तक्षेप भइरहेकोले नेपालीहरु जागरुक हुनुपर्ने जनाईन् । तामाङले असार १५ देखि २५ गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ६४ योगिनीद्वारा रिलेअनसन तथा क्षमा पुजा गर्ने जनाईन् ।

तामाङले धार्मिक विधिबाट ज्योतिर्लिङ्ग ६४ ब्राह्मणद्वारा पूजापाठ हवन, मातृ शक्तिद्वारा ३३ शक्तिपीठको हवन पूजन र असार २५ गते महाबलि सहित प्रसाद ग्रहण गर्न आह्वन पनि गरिन् ।
सो कार्यक्रममा गुरु नवराजले नेपालको वैदिक सनातन धर्मलाई कमजोर बनाउनमा नेपालका शासकहरुको ठूलो हात रहेको दाबी गरे । “नेपालको मौलिक संस्कार र संस्कृतिले सबै धर्म र संस्कृतिलाई संरक्षण गरेको थियो त्यसलाई मास्न किन उद्त छन शासकहरु” नवराजले भने ।

संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालकी अध्यक्ष सीता सनुवारले नेपालको मौलिक पहिचनको रुपमा रहेको वैदिक सनातन धर्मलाई जोगाउँदा सबैको भलो हुने बताइन् ।

अभियान्ता विक्कि राणाले नेपालको वैदिक सनातन धर्मले छुवाछुत र अन्याय नगर्ने बरु विदेशीहरुले त्यसलाई मास्न षड्यन्त्र गरिरहेको आरोप लगाए ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal