आज :

मधेश प्रदेशको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण हुनसक्छ : प्रचण्ड

  • अनलाइन डबली

जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा हालै बनेको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण निर्माण हुनेसक्ने संकेत गरेका छन् ।

शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभामा बोल्दै संयोजक प्रचण्डले नेकपा र मधेशवादी दलसहितको समर्थन नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुले परम्परागत समिकरणको अन्त्य भई नयाँ राजनीतिक समीकरणको शुरुवात भएको बताए ।

मुलुकको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका मधेशी जनताले समाजवादी आन्दोलनको समेत नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले जनकपुरधामको सभामा उपस्थित भीडले मधेश नेकपा एकता प्रक्रियालाई अनुमोदन गरेको  बताए ।

उनले नेपाली जनतामा रहेको वर्षौदेखिको पीडा र विभेद अन्त्य गर्दै आत्मनिर्णयको अधिकारलाई साकार गर्न विभिन्न पार्टीमा छरिएर रहेका कम्युनिष्ट र समाजवादीहरु एक भएर नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।

कृषि क्रान्ति विना मधेशका साथै समग्र देशकै समृद्धि सम्भव नरहेको र दुखका साथ वैदेशिक रोजगारी जान बाध्य युवाहरुलाई मुलुकमा रोक्न नसक्नेभएकाले अवको क्रान्ति कृषि क्रान्तिको लागि हुनु पर्ने बताए ।

त्यस्तै एकता सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी लोकतन्त्रको स्थापनका लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको धारणा राखे ।

नेता खनालले २०६२÷६३को जनआन्दोलनले पूजिवादी लोकतन्त्रको स्थापना गरेकोले वर्तमान व्यवस्थाबाट गरिव, सीमान्तकृत समुदाय झन उपेक्षित हुँदै गएको बताए ।

उनले पूजिवादी लोकतन्त्रलाई समाजवादी लोकतन्त्रमा परिणत गराउन नेपाली कम्युनिष्ट पार्टी अग्रपक्तिमा रहेको दावी समेत गरे । मुलुकमा व्याप्त विभेद, उत्पीडनको अन्त्य गर्दै समाजवादी लोकतन्त्र स्थापनाको निमित्त नेपाली कम्युनिष्ट पार्टी सदैब लडि रहने बताए ।

एकता सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपालमा समाजवाद छिट्टै आउने र डंका बजाएरै आउने उल्लेख गरे ।

उनले राष्ट्रका लागि पूजिवादी अर्थव्यवस्था वा साम्यवादी अर्थव्यवस्था उपयुक्त नरहेकाले समाजवादी व्यवस्थाको स्थापनाको लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।

व्याप्त भ्रष्टाचार र बेथितीका कारण मुलुकमा जेनजी विद्रोह भएको उल्लेख गर्दै सह संयोजक नेपालले जेनजीहरुको जायज मांगलाई यथाशिघ्र सम्बोधन नगरिए पुनः अर्को विद्रोह हुन सक्ने बताए ।

उनले जेनजीको भरोसाको केन्द्र नै नेकपा बनेको दावी गर्दै देशभरिका जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै गएको बताए ।

उनले जेनजी जस्तै युवा, वृद्ध र महिला सबैलाई नेकपाप्रति विश्वास गर्न आग्रह समेत गरे ।

एकता सभामा विभिन्न पार्टी परित्याग गरी सयौं नेता, कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा सहभागी भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal