आज :

कार्की सरकारले जेनजीलाई नै दमन गर्नुले विदेशी कठपुतलि भएको पुष्टिः जन प्रजातान्त्रिक पर्टी नेपाल

  • अनलाइन डबली

काठमाडौं । सुशीला कार्कीलाई हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्ने जन प्रजातान्त्रिक पार्टी नेपालले माग गरेको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले जेन–जीका मागहरु संबोधन गर्नुको सट्टा उल्टै उनिहरुलाई नै धरपकडले जनता सशंकित भएकोसमेत पार्टीले जनाएको छ ।

पार्टी अध्यक्ष निरबहादुर श्रेष्ठले वर्तमान सरकारले जेन–जीहरुमाथिको धरपकड तथा दमनले आफूहरुलाई आक्रोशित तुल्याएको बताएका छन् । श्रेष्ठले जनताको शासकहरुप्रतिको चरम असन्तुष्टि र जेन–जीको बिद्रोहमार्फत सुशासन र भ्रष्टाचार मुक्त देशको सपनालाई वर्तमान सरकारले हत्या गरेको आरोप लगाए । “जेन–जीको आन्दोलनमा उपस्थित भएर हप्ता दिनमै भ्रष्टाचार मुक्त गर्छु भन्ने सुशीला त बारबारा फाउण्डेसनको प्रतिनिधिकारुपमा पो काम गर्न थाल्नु भयो, अब उहाँलाई विस्थापन गर्नुको विकल्प छैन” श्रेष्ठले भने ।

श्रेष्ठले वर्तमान सरकारले गर्ने भनेको चुनावको औचित्य समाप्त भएको बताउँदै भने,“जेन–जी विद्रोह मुलतः सुशासन र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको माग भएको तर यो सरकार पुरानै बाटोमा गएकोले देशले यसबाट निकास पाउने देखिन्न ।”

पार्टी उपाध्यक्ष मेनुका श्रेष्ठले विद्रोहमा कलिला होनाहार युवायुवतिको साहदत भएको र उनिहरुले देखेको सुशासनसहितको भ्रष्टाचार मुक्त देशको सपनालाई मर्न नदिने बताईन् ।

महासाचिव राजेन्द्र नेगीले सरकार समक्ष आफूहरुले राखेका मागहरु प्रस्तुत गर्दै सो मागहरु संबोधन नभए जेन–जीलाई साथमा लिएर आन्दोलन गर्ने चेतावनी दिए । उनले अन्तरिम संविधान निर्माण गरी सर्वपक्षीय नागरिक सरकार निमार्ण गर्ने, सोही नागरिक सरकारले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताए ।

पार्टीका सचिव रमेश महतेले देश परिवर्तनको उच्चतम हुटहुटी भएका नव युवाहरुलाई भोटिङ अधिकारबाट विमुख गर्ने व्यवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए । “नागरिकता १६ वर्षमा दिने तर भोट गर्ने तथा उम्मेदवार बन्न नपाउने व्यवस्था संशोधन नगरी चुनावको औचित्य छैन” महतेले भने ।

पार्टीका उपाध्यक्ष साङ्गे शेर्पाले विदेशी संस्थाहरुले सहयोगको बहानामा देशलाई अस्थिर बनाउने षड्यन्त्र गर्ने गरेको आरोप लगाउँदै भने,“एनजीयो तथा आइएन्जीयोहरुले देशलाई कसरी अस्थिरता र घातक हुने कार्य गर्दा रहेछन् भन्ने कुरा पछिल्लो विद्रोहमा टिओबी घुसपैठ र बारबार फाउण्डेसन नेतृत्व वर्तमान सरकार काफि छ ।”

आफ्ना मागहरु संबोधन गराउन सरकार तथा सरोकारवाला पक्षहरुसँग वार्ता गर्न पार्टीले पार्टी अध्यक्ष निरबहादर श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको पनि जानकारी दिएको छ । सो वार्ता टोलीमा साङ्गे शेर्पा, मेनुका श्रेष्ठ, राजेन्द्र नेगी रमेश महते सदस्यहरु रहेको जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal