आज :

काठमाडौंबाट हुम्ली नेपाली कम्युनिष्टले भने– ‘गाउँघरसम्म एकता भाव फैलाऔं’

  • धनन्जय बुढा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी हुम्ला जिल्ला समितिले काठमाडौंमा रहेका हुम्लीहरुको बीचमा भेटघाट तथा पार्टी एकताको सन्देश प्रवाह गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा अयोजित कर्यक्रममा हुम्लाका नेताहरुले बदलिदो परिस्थिति अनुसार एक दर्जन पार्टी एक भएर पार्टीले समाजवादी क्रान्तिको यात्रा तय गरेको दावी पनि गरे ।

एकता प्रक्रियामा समेल भएका नेता कर्णजित बुढाथोकी ‘सुशील’ले विगतको कमी कमजोरीप्रति सामिक्षा गर्दै नयाँ प्रतिबद्धताका साथ नयाँ यात्रामा सबै एकजुट हुनु पर्नेमा जोड दिए ।

अर्का नेता हस्तबहादुर शाहीले पुष्पलालले स्थापना गरेको पार्टीलाई नयाँ उचाईमा उठाउने गरी पार्टी एकता भएको र सोको लागि हुम्ला सर्केगाडको उप निर्वाचनबाट सामाजवादी मोर्चा बनाएर पार्टी एकताको आधार बनाएको जानकारी दिए ।
विघटित प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामाले टुटफूट र विभाजनबाट आजित नेपाली जनतालाई नेपाली कम्युनिस्ट पार्टीले एकताको महाअभियान थालेको र यो यात्रामा सबैले इमान्दार भएर लाग्नपर्ने बताए ।
संविधान सभा सदस्य छिमी लामाले विगतको शिक्षा र अनुभवबाट पार्टी गुट र विभाजनबाट जोगाउनु पर्ने धारणा राखे । उनले हुम्लामा गुट नभएको दावी पनि गरे ।

युवा नेता डा. दीपेन्द्र रोकालयाले काठमाडौंमा रहेका नेता–कार्यकर्तालाई गाउँ फर्केर नयाँ आधारमा भएको युगान्तकारी एकता भावलाई सम्प्रेषण गर्न सबै युवाहरुलाई अपिल गरे । डा.रोकायाले बिचारमा स्थायित्व, संगठनमा एकता र व्यबहारमा समाजवाद लागु गर्ने चुनौतिको सामना गर्न सबै तयार हुनुपर्नेमा जोड दिए ।

महिला नेतृ सिता शाहीले स्थापित नेताहरुले अवसरवादी व्यवहार देखाउन नहुने र एकता भावलाई समेटेर अघि बढ्नु पर्नेमा जोड दिइन् । यस्तै अर्का नेतृ पेमा लामाले पार्टी एकतालाई जनस्तरसम्म पुर्याउनु पर्ने बताइन् ।
एमालेबाट विद्रोह गरी आएका नेता देविलाल रावलले एमालेमा केपी ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलनमा धक्का लागेको र त्यसको पूर्ति नेपाली कम्युनिस्ट पार्टीले गर्ने बताए ।

युवा नेता मदन परियार र लोक गायक नवराज भण्डारीले उत्साहित देउडा गीत सुनाएका थिए । कार्यक्रममा काठमाडौंमा रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु उत्साहित भएका थिए । सो कार्यक्रम अब क्रमस नेपालगञ्ज, सुर्खेत हुँदै हुम्लाका सबै पालिका, वडा, टोल र घरसम्म पुग्ने जानकारी आयोजकले जनाए ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal