आज :

निकास र विकासमा असफल वर्तमान सरकार विगठन हुनुपर्छः कमन जेन्जी नेपाल

  • धनन्जय बुढा

काठमाडौं । कमन जेन्जी नेपालले जेन्जीको मागलाई पुरै वेवास्ता गरेको भन्दै प्रधानमन्त्री शुसिला कार्कीको राजीनामा माग गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेन्जीको हत्या र खरबौंको विध्वसंको जिम्मेवार ओली सरकारका मुख्य व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउनसमेत माग गरेको छ ।

कमन जेन्जी नेपालका अध्यक्ष विकेश साहले दुई महिना बढी भइसक्दा पनि जेन्जीलाई दमन गर्ने केपी ओलीलाई पक्राउ नगर्दा उनिहरु पुनः बिद्रोहको आगो झोस्न उद्धत रहेको आरोप लगाए । साहले वर्तमान सरकारले जेन्जीको हत्या गर्ने भ्रष्टाचारीहरुलाई कारबाही नगर्ने हो भने तत्काल राजिनामा दिन पनि माग गरे ।


केपी ओलीसहितका एमाले नतृत्वहरुले उत्तेजित बनाई अवस्थालाई विथोल्न खोजेको आरोप लगाउँदै सहाले भने “हत्यारा केपी ओलीको निर्देशनमा निर्दोश जेन्जीहरुमाथिको दमनविरुद्ध संयुक्तरुपमा सम्पूर्ण जेन्जी समूहहरु एकजुटभई प्रतिकारमा उत्रने हामी कमन जेन्जी प्रतिबद्ध छौं ।”

पहिला देशका संयोजक एसीपी साहले हत्या र विध्वांसको मुख्य जिम्मेवार पूर्व–प्रधानमन्त्री केपी ओली रहेको र उनिलगायतलाई कानुनी कठघरामा नउभ्याउँदा उनिहरु थप आक्रामक भएको बताए ।

जेन्जी नेपालका संयोजक कृष्णमोहन सहनीले बारामा जस्तै देशभरबाट एमाले नेता कार्यकर्तालाई लखेट्ने चेतावनी दिए ।
पहिला देशका सचिवालय सदस्य सुनिल सिंहले हत्यारा र भ्रष्टहरुलाई कानुनी कठघरामा ल्याउनुको सट्टा अभियान्ता डा.निकोलस भूसाललाई पक्रनुले आफूहरुलाई अक्रोशित बनाएको बताए ।

जेन्जी प्रदिप साहले आफूहरुका माग तत्काल पूरा गर्न सरकारसँग माग गरे ।


जेन्जी उज्वल शर्माले बारामा भएको घटना केपी ओली र एमालेको दम्भको कारण भएको र यसरी नै अघि बढे एमालेको पत्तासाप गरिदिने चेतावनी दिए ।
जेन्जी इसान दुलालले जेन्जी टुटफूटमा रमाउने भन्दा एकजुटभएरु अगाडि बढ्न जोड दिए ।

कमन जेन्जका मागहरू :
१) निकास र विकासमा असफल सुशीला कार्की सरकारको विघटन हुनुपर्छ ।
२) जेन्जीको नेतृत्वमा सर्वपक्षीय सरकार र अन्तरिम संविधान ।
३) ⁠जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने ।
४) जेनजी आन्दोलनकारीमाथिको दमन र धरपकड बन्द गरियोस ।
५) जेनजी आन्दोलनका शहीद, घाइते परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने ।
६) जेनजी आन्दोलनका घाइतेको उपचारमा भइरहेको हेलच्क्रयाई बन्द गर ।
जेन्जीको सुसिला राजिनामा समाचार

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal