आज :

देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च

  • अनलाइन डबली

काठमाडौं । दीननाथ घिमिरे नेतृत्वको नेपाल देशभक्त प्रजातान्त्रिक मञ्च(नेदेप्रमञ्च)ले देश बचाउन संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्री चुन्ने प्रणालीको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी २०६३ सालमा तत्कालिन राजासँग दलहरुले गरेको सहमति कार्यान्वयन नभए चुनाव फागुन २१ मा हुन नदिने चेतावनी दिएका छन् ।

मञ्चका अध्यक्ष दीननाथ घिमिरेले नेपालमा बारम्बार राजनीतिक परिवर्तन भएपनि देश एकपछि अर्को गर्दै झनझन परनिर्भरता तिर जानु दुःखद भएको बताए । आफूहरुको मञ्चले देशभक्तहरुलाई एक बनाएर संवैधानिक हिन्दू राजसंस्था सहितको पूर्ण प्रजातन्त्रका लागि अभियान चलाउने बताए । बदलिदो परिस्थिति अनुसार दल विशेष र देशभक्तहरुलाई निषेध हुने गरी ल्याइने कुनैपनि किसिमको व्यवस्था स्वीकार्य नहुने बताए । घिमिरेले जेन्जी विद्रोहसम्म आइपुग्दा देशमा विदेशीको नाङ्गो हस्तक्षेप झन बढेको बताउँदै भने,“देशको राष्ट्रिय एकता संविधानको परिपालक राष्ट्रिय भू–अखण्डतालाई सुनिश्चित गर्न हिन्दु राजसंस्था सहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री जरुरी देखियो ।”

मञ्चका महासचिव विनोद देव पन्तले देशलाई आत्मनिर्भर बनाउने सार्वजनिक उद्योग धन्दा र राष्ट्रिय सार्वभौमिकता बहुदलिय व्यवस्थामा झन लिलाम हुने क्रम बढेको दाबी गरे ।

नेकपा (माले)का पोलिटब्यूरो सदस्य विवेक वाईवाले जेन्जीको मर्मअनुसार वर्तमान सरकार नगएकोले देश थप संकटमा गएको बताएका छन् ।

नेपाली काँग्रेस(विपी)का महामन्त्री देवेन्द्र पौडेलले २०४७ सालको संविधान व्युँताएपछि देशको संकट हल हुने जिकिर गरे ।

समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द निरौलाले २०७२को संविधानको खारेजी र वैदिक सनातन धर्म स्थापनाका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।

तेश्रो आँखाका अध्यक्ष शोभाराम थापाले २०४७ सालको संविधान व्युँताएर राजासहितको हिन्दु राष्ट्र आजको आवश्यकता रहेको धारणा राखे ।

नेपाल देशभक्त मोर्चाका महासचिव डा.राजु चित्रकारले मञ्चले अगाडि सारेको एजेण्डा उचित भएको बताउँदै भने,“वर्तमान संविधान जनहित विपरित भएकोले त्यसको विस्थापन गरेर गोलमेच सम्मेलनमार्फत नयाँ संविधान जारी गर्नुपर्छ ।”

नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी)की अध्यक्ष भावना विद्रोहीले २०७२ को संविधान खारेज गरी सर्वपक्षीय राजनीतिक सम्मेलनमार्फत सबै खाले देशभक्त एकठाउँमा आएर राष्ट्रिय सरकार बनाएर नयाँ संविधान बनाउनुपर्ने बताईन् ।

स्वतन्त्र नेपाली एकता समाजका संयोजक हेमसागर विद्रोहीले देश जोगाउन राजसंस्था अपरिहार्य भएको जिकिर गरे ।

देशभक्त प्रजातान्त्रिक मोर्चाकी केन्द्रीय प्रतिनिधी बन्दना कोइरालाले मञ्चको पहलकदमी सह्रानीय भएको बताउँदै, देशको समृद्धि र स्थायित्वका लागि निरन्तर अगाडि बढ्न शुभकामना दिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal