आज :

जेन्जीका मागहरु तत्काल पुरा नगरिए आन्दोलनमा जान्छौंः जेन्जी जनक परियार

  • अनलाइन डबली

काठमाडौं । जेन्जी जनक परियारले जेनजीहरुका माग पुरा नगरिए आफूहरु पुनः संघर्षमा उत्रने चेतावनी दिएका छन् । आइतबार राधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेन्जीलाई गोलि हान्न आदेश दिनेहरु पुनः टाउको उठाउन थालेकोप्रति रोष व्यक्तसमेत गरेका छन् ।

परियारले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकोे गुनासो गरेका छन् । उनले आफूहरुको आन्दोलनको मूल मर्म भनेको भ्रष्टाचार मुक्त समाज र सुशासन भए पनि भ्रष्टाचारी र जनविरोधीहरु खुलेआम हिँड्न थालेको पनि आरोप लगाएका छन् ।

आफूहरुले जेन्जीहरुलाई गोलि हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी दायरामा ल्याउनु पर्ने, २०४६ सालपछिका उच्च पदस्थ राजनीतिज्ञ तथा कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्ने, जेन्जीहरुलाई मन्त्रीपरिषदमा प्रतिनिधीत्व गर्नुपर्नेलगायतका मागसमेत राखेका छन् । परियारले आफ्ना मागहरु पूरा नगरिए पुनः सडकमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal